खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा खरसाङ खण्ड विकास कार्यालयमा विरोध प्रदर्शन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका अध्यक्ष अनित थापाद्वारा पहाड़काे जनतालाई जागरुक बनाउन मिशन जागरण, अन्र्तगत आज दोस्रो दिन पनि धारावाहिक रूपमा अघि बढाउनकाे साथमा भारतीय जनता पार्टीले पहाडको जनतासँग कोल्टे राजनीति गर्दै, गोर्खा जातिको एघारवटा जात-गोष्ठीहरूलाई केन्द्र सरकारले जनजाति नदिएको भन्दै खरसाङ विकास कार्यालय अघि भागोप्रमोद्वारा विरोध प्रदर्शन गरेका छन्। भागाेप्रमो केन्द्रीय समिति नारी शक्तिका अध्यक्षा तथा खरसाङ पञ्चायत समिति सभाधिपति अनु प्रधान, उप सभापति नारायण थापा, भागोप्रमो खरसाङ महकुमा समितिका अध्यक्ष सुभास प्रधान, अनि खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्मा अनि कार्यवाहक सचिव बीरबल पाखरीनकोे नेत्तृत्वमा खरसाङ खण्ड विकास कार्यालयमा विराेध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शनमा महकुमा समितिका सभापति सुभास प्रधानले धरणा प्रदर्शनमा उपस्थित भएका सम्पूर्ण जनसाधारणलाई विरोध प्रदर्शन विषयमा लगायत भावी कार्यक्रमकाे विषयमा जानकारी दिन्दै संबोधन गरेका थिए। उक्त विरोध प्रदर्शनल्ई खरसाङ पञ्चायत समितिका उप सभापति नारायण थापा अनि खरसाङ टाउन कमिटीका सभापति राजु शर्माले वक्तव्य राख्दै उपस्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सम्पूर्ण नेतृत्वलाई संगठनकाे निम्ति कार्य गरिदिने आह्वान् गरे। अन्त्यमा उपस्थित नेतृत्वगण खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीसंग भेट गरेर विरोध प्रदर्शन विषयको जानकारी दिँदै उच्च अधिकारीसम्म खबर उनको मार्फत पुर्याई दिने आग्रह गरेका छन्।

आजको यस विरोध प्रदर्शनमा केन्द्रीय समितिका सदस्या मैया ठकुरी, जैतुन निशासंगै महकुमा समितिका उपाध्यक्ष शंकर राउत, 29 नम्बर समष्टीका मूल सचिव भक्तिमान तामाङ, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, सांगठनिक सचिव रञ्जन गजमेर, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी युवा शक्तिका मूल सचिव बन्धन लामा, टाउन कमिटीका कार्यकारिणी सदस्यहरू भागोप्रमोका नारी शक्ति, युवा शक्तिका सदस्यगणहरू उपस्थित थिए।











