मेक्सिकोको जंगलमा हजार वर्ष पुरानो माया शहरले चकित पार्यो

Pyramiid-copy

प्राचीन माया सभ्यताको रहस्य समग्र विश्वकै लागि आकर्षण बनेको छ। माया सभ्यताका अवशेषहरू प्रायः मेक्सिकोको घना जंगलमा भेटिन्छन्। पछिल्लो खोज अभियानका क्रममा विज्ञहरूले माया सभ्यताको हराएको शहर फेला पारेका छन्। यो शहर एक हजार वर्ष पुरानो हो, अनि यसमा ५० फिट अग्लो पिरामिड पनि भेटिएको छ। यसबाहेक यहाँ पुरातन खेलकुद पिच पनि भेटिएको छ। यो विशाल शहर देखेर विश्वभरका विज्ञहरु चकित परेका छन्। यो शहरबाट आउँदो समयमा माया सभ्यताको अन्त्यका बारेमा धेरै महत्वपूर्ण जानकारी प्राप्त हुने विश्वास गरिएको छ।

माया सभ्यताको शहरमा धेरै पिरामिड जस्तै संरचनाहरू, भव्य भवनहरू भएका तीन प्लाजाहरू, र असंख्य ढुङ्गाका स्तम्भहरू र बेलनाकार संरचनाहरू फेला परेका छन्। तिनीहरूलाई हेर्दा यस्तो लाग्छ, यो कुनै समय हजारौं मानिसहरूको घर थियो। यस्तो अनुमान गरिएको छ, एक पिरामिड ८२ फिट अग्लो थियो, र वरपरको जंगलमा देखिन्थ्यो। खोजमा धेरै उच्च वेदीहरू र सबैभन्दा महत्त्वपूर्ण कुरा, धार्मिक समारोहहरूका लागि प्रयोग गरिने पुराना खेल मैदान पनि समावेश छ। यो माया शहर २५० ईस्वी र एक हजार ईस्वी बीचको हो। प्रमुख पुरातत्वविद् इभान स्प्रेजले यी शहरहरू समयसापेक्ष हराइसकेको र तिनीहरूको सही स्थान कसैलाई थाहा नभएको बताए।

इभानले उक्त साइटलाई ओकोमटुन नाम दिइएको बताए, जुन यस क्षेत्रको पुरातात्विक नक्सामा अन्तिम प्रमुख ‘ब्ल्याक होल’ थियो। तीन हजारदेखि चार हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस विशाल क्षेत्रमा एउटै पनि पुरातात्विक स्थल थिएन। ओकोमटुनको मेक्सिको खाडी र क्यारिबियन सागर बीच दक्षिणी मेक्सिकोमा स्थित युकाटन प्रायद्वीपको क्याम्पेचे क्षेत्रमा पत्ता लगाइएको थियो। यो क्षेत्र यसको घना र अभेद्य वनस्पतिका लागि प्रसिद्ध छ, जसले खोजलाई अझ उल्लेखनीय बनाउँछ। इभानको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले यस साइटमा पुग्न धेरै चुनौतीहरूको सामना गर्यो। जसमा घनघोर जंगल र ६० किलोमिटरभन्दा बढी कठिन भूभाग पार गर्नु परेको थियो। यस क्षेत्रमा कयौं माइलसम्म सडक छैन। सन् २०२३ मा यो शहर अन्ततः मेक्सिकोको नेशनल इन्स्टिच्युट अफ एन्थ्रोपोलोजी एण्ड हिस्ट्रीले पत्ता लगाएको थियो। संस्थानको अनुसन्धान टोलीका अनुसार शहरका केही संरचना खेलकुद मैदानलगायत बजार वा सामुदायिक अनुष्ठानका लागि ठाउँ भएको मानिन्छ। यद्यपि, यी संरचनाहरूको सही कार्यहरू अज्ञात छन्। माया मानिसहरूलाई पहिलो बल खेल सिर्जना गर्ने श्रेय दिइन्छ, त्यसैले शहरमा ठूलो कोर्ट थियो। भवनहरूमा भेटिएका माटाका भाँडा र सिरेमिक वस्तुहरू जस्ता कलाकृतिहरूको विश्लेषणका आधारमा यो पुरातात्विक स्थलको पतन सन् ८०० देखि १००० ईस्वी बीचमा भएको हुनसक्ने बताइएको छ। यस क्षेत्रका धेरै माया समाजहरू दशौँ शताब्दीको दौडान पतन भए र शताब्दीयौंसम्म पत्ता लागेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement