नयाँ दिल्ली: अहिलेघरि देशभर यस वर्ष हुने लोकसभा चुनावको चर्चा चलिरहेको छl देशका सबै राजनैतिक पार्टीहरू चुनावको रणनीति तयार गर्दै चुनाव प्रचार अभियानमा ओर्लिसकेका छन्l यस समय भारतीय चुनाव आयोग लोकसभा चुनावको तयारीमा जुटेको छ। यसैबीच राष्ट्रिय संचारमाध्यम न्यूज १८ को समाचारअनुसार, चुनाव आयोगले आउँदो महिना ९ मार्चपछि लोकसभा चुनावको मिति घोषणा गर्न सक्ने स्रोतले जनाएको छ। विभिन्न राज्यहरूमा चुनाव आयोगका अधिकारीहरूको पहिले नै तय गरिएको भ्रमणले सन् २०२४ को चुनाव क्यालेन्डर २०१९ सँग मिल्दोजुल्दो हुन सक्ने संकेत गरेको समाचारमा उल्लेख छ। सन् २०१९ को लोकसभा चुनाव १० मार्चमा घोषणा गरिएको थियो। ११ अप्रेलदेखि १९ मईसम्म सात चरणमा मतदान भएको थियो भने मतगणना २३ मईमा भएको थियो। यसपाली लोकसभा चुनावसँगै केही राज्यमा विधानसभा चुनाव पनि हुनेछ। यसका लागि चुनाव आयोगका उच्च अधिकारीहरू निरन्तर मतदानको तयारीबारे जानकारी लिन विभिन्न राज्यको भ्रमण गरिरहेका छन्। चुनाव आयोगका प्रतिनिधिहरूले ८ मार्चदेखि ९ मार्चसम्म जम्मु–कश्मीरको सुरक्षा व्यवस्था र सुरक्षा बलको उपलब्धताबारे जानकारी लिन सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने भएको संचारमाध्यमको समाचारमा स्रोतलाई उल्लेख बताइएको छ। १३ मार्चमा जम्मु-कश्मीरको पनि भ्रमण गर्नेछ। यस अवधिमा उनीहरूले यस केन्द्र शासित प्रदेशमा लोकसभा चुनावसँगै विधानसभाको चुनाव पनि गर्न सकिन्छ कि भनेर यहाँ अध्ययन गर्नेछन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								


