प्राकृतिक रुपले नै सौन्दर्यमा निखार आउँछ

face1

मानिस सबै आआफ्नै किसिमले सुन्दर हुन्छन्l मानिसको यो सुन्दरतालाई यथावत राखेर अझ सुन्दुर बनाउनु उसको आफ्नै जिम्मेदारीमा हुन्छ। आफ्नो सुन्दरताको विकिस गर्न कुनै किसिमको कृत्रिम र महँगो साधनहरू प्रयोग गर्नु आवश्यकता छैन। प्राकृतिक रुपमा पनि  आफ्नो सौन्दर्यमा अझ बढी निखार ल्याउन सकिन्छ। यसको लागि सागसब्जीर फलफूलले सौन्दर्यमा निखार ल्याउन सबैभन्दा बढी महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। बजार पाइने कृत्रिम सौन्दर्यक साधनहरू प्रयोग गर्नुको बदलीमा प्राकृतिक संरक्षक, हरियो सागसब्जी वा फलफूलको प्रयोगले राम्रो परिणाम दिन्छ। सागसब्जी र फलफूल खाँदा रक्तसञ्चारमा सुधार हुनेगर्छ, छालाको रंगमा सुधार हुन्छ, छालाको तन्तु सशक्त बनाउँछl टमाटर, निम्बु, काँक्रा, सुन्तला आदि सौन्दर्य बढाउनका लागि उपयोगी हुन्छन्। यसको रस छालामा लगाउँदा टनिककै रुपमा काम गर्छ। हरियो सागसब्जी खाँदा रगत शुद्ध मात्र हुँदैन, कब्जियतबाट पनि राहत पाइन्छ अनि शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ। यसकारणले गर्दा सागसब्जी र फलफूल प्रकृतिले दिएको अनुपम उपहार हुन्, जसले हाम्रो सौन्दर्य बढाउन पूर्ण रूपमा सहयोग गर्दछ। सौन्दर्य बढाउनमा लामो समयसम्म व्यायामनै मात्र गर्नुपर्छ भन्ने पनि कुनै बाध्यता छैन। हरेक दिन निश्चित समयसम्म नियमित व्यायामले शरीरलाई सुगठित साथै सुन्दर बनाउँछ। यसले शरीरमा बोसो बढ्दैन, मुटु र फोक्सो अनि मांसपेशी बलियो हुन्छ, र जसले गर्दा शरीर आकर्षक र सुन्दर देखिन्छ।

शरीर र दिमागको सुन्दरताका लागि पनि निद्रा महत्त्वपूर्ण छ। अपर्याप्त निन्द्राले सौन्दर्य बढ्नुको सट्टा नष्ट हुन थाल्छ। कम निद्राका कारण अनुहार निलो र थकित देखिन्छ। आँखा मुनि कालो धब्बा देखिने र दिक्क लाग्ने पनि हुन्छ। राति सुत्नुअघि दुध पिउनाले राम्रो निद्राका लागि सहयोग गर्दछ। सौन्दर्य निखार्नका लागि हाँस्नु निद्रा जत्तिकै आवश्यक छ। खुल्लमखुल्ला हाँस्ने र वरपरको परिवेशलाई खुशी राख्ने मानिसले बुढेसकाल पनि आफ्नो स्वास्थ्य र सौन्दर्य कायम राख्छ। हाँस्दा अनुहारको मांसपेशीको व्यायाम हुन्छ। फलस्वरूप अनुहारमा चमक आउँछ। एक हँसिलो व्यक्तिको अनुहारमा अति नै कम चाउरी देखिन्छ। सुन्दरता बढाउनमा राम्रो र नराम्रो विचारको पनि महत्वपूर्ण भूमिका रहन्छ। ईर्ष्या, उदासी, क्रोध, अपराध आदि भावनाले सुन्दर व्यक्तिलाई पनि कुरूप बनाइदिन्छ। यस्तो अवस्थामा सौन्दर्य साधन प्रयोग गर्नुको बदली प्राकृतिक रूपमा आफ्नो सौन्दर्यको हेरचाह गरे यो सुन्दरता जीवनभर टिक्न सक्छ। सौन्दर्य साधनको प्रभाव क्षणिक मात्र हुन्छ अनि प्रतिउत्पादक साबित हुनसक्छ, त्यसैले हाँस्न धेरै महत्त्वपूर्ण छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *