गोरुबथान: सुशनको कराते-डो एकेडेमीका मास्टर निर्माण राईले युएई फुजैराहमा २२ देखि २५ फेब्रुअरी २०२४ मा हुने डब्ल्युकेएफ कराते-१ युथ लिगमा सहभागी हुन कराते इन्डिया अर्गनाइजेसन (केआइओ) को ब्यानरमा आधिकारिक भारतीय कराते टोलीको प्रतिनिधित्व गर्न लागेका छन्। कार्यक्रम विश्व कराते महासंघ (डब्लुकेएफ) ले आयोजना गरेको हो।
मास्टर निर्माणले सन् २०१६ देखि इमानुएल एकेडेमी, भालुखोपमा सुशनको कराते-डो एकेडेमीको निर्देशनमा कराते तालिम शुरु गरेका छन्। अहिले सेइको काई कराते इन्टरनेशनल र कराते इन्डिया अर्गनाइजेसनका ब्ल्याक बेल्ट प्रथम दान डिप्लोमा धारक हुन्। उनी सप्तश्री ज्ञानपीठ दसौं कक्षामा अध्ययनरत छन्। मास्टर निर्माणले ६३ केजी मुनिका १४ देखि १५ वर्षका पुरुष क्याडेटमा सहभागिता जनाउँदैछन्। यस प्रतियोगितामा कूल ५५ भारतीय कराते खेलाडी सहभागी हुन लागेको सिहान थापाले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो। टोली २० फेब्रुअरी २०२४ मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दैछ। युथ लिगको बारेमा पनि शिहान थापाले बताए ।कराते १-युवा लिग अन्तर्राष्ट्रिय ओलम्पिक समितिबाट मान्यता प्राप्त विश्व कराते महासंघले युवा उमेरमा करातेको प्रभावलाई खेलकुदमा उजागर गर्न नवनिर्मित प्रतियोगिता हो।










