आगलागीमा शान्ति सुब्बाको भान्सा घर खरानी

VEJC6DBWV5HCJLELODJBCNXPDU.jpg

गान्तोक: आज बिहान १ बजी अचानक आगलागी हुँदा लुङचोक सलाङदाङ जीपीयू अन्तर्गत लुङ्याम निवासी शान्ति सुब्बाको भान्साघर जलेर खरानी भएको छ। यस घटनाको जानकारी पाउनसाथ स्थानीय खण्ड विकास अधिकारी ओङदी शेर्पा, सीएलसी उपाध्यक्ष विकास सुब्बा लगायत अन्यहरू घटनास्थलमा पुगेर घटनाको जायजा लिए।

खण्ड विकास अधिकारी शेर्पाले जानकारी दिए अनुसार स्थानीयहरूको सहयोगमा आगोलाई नियन्त्रणमा लिन सफल भयो। उक्त घटनामा परि कसैको ज्यानको नोक्सानी नभएको तर घर भित्र भएको सर-समान सबै जलेर नष्ट भएको बताए। यस दुःखद घडीमा विभागबाट हुन सक्ने सबै प्रकारको सहयोग गर्ने पीडित परिवारलाई प्रदान गर्ने उनले आश्वासन दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *