गान्तोक: राज भवन सचिवालयद्वारा आयोजित हाम्रो संकल्प, विकसित भार,पुष्पित सिक्किम कार्यक्रमको हिजो समापन भयो। राजभवनको आशिर्वाद भवनमा आयोजित समापन कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने साथमा प्रथम महिला कुमुदी देवीको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल प्रसादले यस कार्यक्रमलाई उत्कृष्ट रूपमा सफल बनाउनको निम्ति योगदान पुऱ्याउने सबैलाई धन्यवाद दिए। उनीहरूको कडा परिश्रमको कारण यो कार्यक्रम सफल भएको राज्यपालले जानकारी गराए। धन्यवाद भन्नु सबै भन्दा कठीन काम रहेको तर यो देशको संस्कृतिको एक अङ्ग रहेको अवगत गराए।
यसबाहेक, उनले स्वामी विवेकानन्दको भनाइ उद्धृत गर्दै, “उत्सा ही जीवन हो, कमजोरी मौत।” छोटो अवधिमा यो लक्ष्य हासिल गर्नको लागि उल्लेखनीय प्रयासको लागि राजभवन र अन्य लाइन विभागहरूको प्रतिभा र समर्पित टोलीको प्रशंसा गरे।
देशका दूरदर्शी प्रधानमन्त्रीले दिएको “विकसित भारत” को विषयवस्तुलाई प्रतिबिम्बित गर्दै, राज्यपालले युवाहरूलाई सशक्तिकरण बनाउनेबारेमा जोड दिए। उनले मेगा रक्तदान शिविर र स्वास्थ्य शिविरको सफलताको निम्ति चिकित्सा टोलीको भूमिकाको प्रशंसा गर्दै समाजमा उनीहरूको अमूल्य योगदाको उजागर गरे।










