चमीरालाई टीममा सामेल गऱ्यो केकेआर-ले

IMG-20240219-WA0212.jpg

नयाँ दिल्ली: दुईपल्टको च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर) ले इण्डियन प्रीमियर लीग (आईपीएल)-को २०२४ सीजनको निम्ति ईंग्ल्याण्डका पेस बलर गस एटकिन्सनको स्थानमा सोमवार श्रीलंकाका पेस बलर दुष्मन्था चमीरालाई टीममा सामेल गयो। चमीरा ५० लाख रुपियाँको आधार मूल्यमा केकेआर-मा सामेल भएका छन्। श्रीलंकाका यस पेस बलरले २०१८ र २०२१-को सीजनमा क्रमशः राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेंगलुरुको प्रतिनिधित्व गरेका थिए। चमीराले गत वर्ष लखनऊ सुपर जाइण्ट्सबाट खेल्दै १२ वटा म्याचमा ९ वटा विकेट लिएका थिए। यसबीच महिला प्रीमियर लीग (डब्ल्यूपीएल) मा चाहिँ सबैभन्दा महँगो अनक्याप्ड (अहिलेसम्म अन्तर्राष्ट्रिय म्याच नखेल्ने) भारतीय खेलाड़ी केशवी गौतम चोटले गर्दा यस टी२० लीगको पूरा सीजनबाट बाहिर भएकी छन्। गुजरात जाइण्ट्सले केशवीलाई २ करोड़ रुपियाँको बोली लगाएर टीममा सामेल गरेको थियो। फ्रेञ्चाइजीले विकल्प खेलाड़ीको रूपमा मुम्बईकी सायली सथगारेलाई टीममा सामेल गरेको छ। सायलीकी रिजर्व मूल्य १० लाख रुपियाँ थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement