पश्चिम पाण्डामले २०१९ मा सरकार गठन गर्न ठूलो भूमिका निर्वाह गरेको थियोः जेकब खालिङ
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सांगठनिक जनसभा आयोजन हुने क्रम जारी छ। आज १८ पाण्डाम निर्वाचन क्षेत्रमा मन्त्री एमएन शेर्पाको मुख्य आतिथ्यमा क्षेत्रवासीको भव्य उपस्थिति माझ एसकेएम क्षेत्रस्तरीय सांगठनिक जनसभा सम्पन्न भयो। सभामा संगठनका उपाध्यक्ष प्रभारी पवित्र मान, संगठनका मुख्य संयोजक एवं प्रवक्ता जेकब खालिङ, क्षेत्र विधायक एवं मन्त्री एवबी दास लगायत संगठनका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङले पाण्डाम क्षेत्रले वर्ष २०१९ मा सरकार बनाउन ठूलो योगदान दिएको अनि अबरो चुनाउमा अझ धेरै संख्याको साथमा यो क्षेत्रले विजयी हासिल गर्ने विश्वास व्यक्त गरे। पाकिम जिल्लालाई नै यो क्षेत्रले प्रतिनिधित्व गरेर अघि लाने पनि उनले सबै उपस्थित पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे।
यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष प्रभारी पवित्र मानवले वर्तमान सिक्किम सरकारले सिक्किमे जनताको हितमा गरिरहेको विभिन्न काम अनि शुरु गरेको विभिन्न योजनाहरू प्रकाश पारे। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिकिक्मे जनचाप्रति साँचो नीति राखेर सबैको हितमा काम गरिरहेको बताए। सुन्दर अनि समृद्ध सिक्किम निर्माण गर्नको निम्ति अब सबै कार्यकर्ताहरूले फेरि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई जिताएर आफ्नो जिम्मेवारी पुरा गर्ने पनि आग्रह गरे। सिक्किममा भइरहेको विभिन्न जनपक्षीय कार्यहरूलाई यथावत राख्न साथै सिक्किमलाई समृद्थध बनानउने सबैले फेरि प्रेमसिंह तामाङलाई विजयी बनाउने आग्रह गरे।
सोही प्रकारले कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवं मन्त्री एलबी दासले यो क्षेत्रबाट यस पल्ट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ह्याट्रीक गर्ने घोषणा गरे। अब यो क्षेत्रबाट विपक्षी पार्टीहरू शुन्य भएर गएको उनले मन्त्री दासले किटान गरे। पार्टी कार्यकर्ता अनि आम नागरिकले सबै प्रकारको सुविधा अनि साहुलियतहरू प्राप्त गरेको बताए। आफूले नमागी मुख्यमन्त्री तामाङले यो क्षेत्रलाई धेरै कुराहरू दिएको उनले बताए। हालसम्म यस निर्वाचन क्षेत्र एसकेएम पार्टीको निम्ति दस हजार भन्दा अधिक भोटले अघि रहेको जानकारी गराए।











