गेजिङ र मंगनका प्रिसाइडिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण सम्पन्न

IMG-20240219-WA0216.jpg

गेजिङ: गेजिङ जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम क्योङसाको जिल्ला पञ्चायत भवनमा सम्पन्न भयो। एक दिवसीय यस प्रशिक्षण कार्यक्रममा स्रोतवक्ताहरूले भारतीय निर्वाचन आयोगद्वारा तयार गरिएको ह्याण्डबुकबारे जानकारी गराइयो।सभालाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल परि विष्नोइले पोलिङ पार्टी र मतदानको दिन हुनुपर्ने सम्पूर्ण व्यवस्थाबारे जानकारी गराइन्। उनले अन्तक्रिया गर्दै भारतीय चुनाउ आयोगद्वारा प्रिसाइडिङ अधिकारीहरूको निम्ति सार्वजनिक गरिएको ह्याण्डबुकको निर्देशलाई अनिवार्यरूपमा पालन गरिनुपर्ने निर्देश दिइन्। सोही प्रकारले चुनाउ विभागका उपसचिव भूमिका छेत्रीले प्रिसाइडिङ अधिकारीहरूले प्रशिणार्थीहरूको निम्ति भर्नुपर्ने फारमबारे जानकारी गराइन्। उनले मतदानको दिनमा उत्पन्न हुन सक्ने संवेदनशील विषयहरूमा संवेदनशील हुनु पर्ने र यसबारेमा मध्यस्थता गर्नुपर्ने सुझाउ दिएकी छन्। अतिरिक्त जिल्लापालले विशेष गरेर शारिरिकरूपमा असक्षम व्यक्ति र ज्येष्ठ नागरिक सहयोगी गृह भोटिङ प्रावधानको बारेमा पनि जानकारी गराइन्। सोही क्रममा मंगन जिल्लाका प्रिसाइडिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

मंगन जिल्लाको जिल्ला पञ्चायत भवनमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा विशेष गरेर ईभीएम र भोटर भेरिफायएवल पेपर अडिट ट्रायलबारेमा प्रशिक्षण प्रदान गरियो। सैद्धान्तिक सत्रको मुख्य उद्देश्य प्रिसाइडिङ अधिकारीहरूलाई आगामी निर्वाचनका लागि निर्वाचन प्रक्रियाहरूमा आवश्यक ज्ञान र अन्तरदृष्टि प्रदान गर्नु रहेको। राज्य स्तरका मास्टर ट्रेनरहरू प्रेम कमल राई, छिरिङ नोर्ग्याल थिङ लगायत अन्यहरूले प्रशिक्षण दिएका थिए।

About Author

Advertisement