सिमिकमा ग्याल्वा ल्हात्सुन स्टेच्यु प्रोजेक्टको शिलान्यास

IMG-20240219-WA0215.jpg

गान्तोक: पूर्व सिक्किमको सिङताम खाम्दोङ समष्टि अन्तर्गत सिमिक गुम्पामा ग्याल्वा ल्हात्सुन स्टेच्यु प्रोजेक्टको शिलान्यास कार्यक्रम आज विधिवत रूपमा सम्पन्न भयो। हिमाचल प्रदेशबाट आएका १२औं चाम्गोन केन्टिङ ताई सितु रिम्पोछेको विशेष उपस्थितिमा सम्पन्न सालाङ अनुष्ठानमा मुख्यमन्त्री मसिंह तामाङ मुख्य रूपमा उपस्थित रहेका थिए। यस कार्यक्रममा क्याब्जे गोन्जाङ रिम्पोछे, मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, सिक्किम विधानसभा अध्यक्ष अरूण कुमार उप्रेती, मन्त्री सोनाम लामा, विभिन्न गुम्पाका बरिष्ठ लामाहरू लगायत गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। चाम्गोन केन्टिङ ताई सितु रिम्पोछेद्वारा विधिपुर्वक भूमीपुजन अनुष्ठान सम्पन्न गरियो भने सीमिक गुम्पामा निर्माण हुने ग्याल्बा ल्हात्सुन छेन्पो केन्द्र परियोजनाबारे धर्म विभागका मन्त्री सोनाम लामाले जानकारी गराए। धर्म विभागका मन्त्री सोनाम लामाले दिएको जानकारी अनुसार ७ दशमलव ९२ ऐकर भूमिमा फैलिएको ४३ करोड ५९ लाखको लागतमा निर्माण हुने यस परियोजना अन्तर्गत सीमिक लिङ्गजेमा सिक्किमको बौद्ध धर्म एवं बौद्ध कलाको विकास गर्ने उद्देश्यले ग्याल्बा ल्हात्सुन चेम्पो केन्द्रको विकास गर्न लागिएको हो। यस परियोजना अन्तर्गत ग्याल्बा ल्हात्सुन छेम्पोको ५० फिट अग्लो सालिग पनि स्थापना गरिने जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement