कवि कैलाश पाण्डेको दु:खत् निधन

IMG-20240219-WA0205.jpg

बिजनबारी: भारतीय नेपाली साहित्यका युवा कवि कैलाश पाण्डेको दु:खत् निधन भएको छ। उनी गत बिहीबारको दिन किड्नीमा स्टोन भएको कारण उपचारका लागि सिक्किम गान्तोक, सोकेथाङ सरकारी अस्पतालमा गएका थिए। उनको आपरेशन बुधबारको दिन हुने तय भएको थियोे। तर उनलाई आज बिहान ७:३० बजेतिर आकस्मिक ह्रदयघात हुँदा निधन भएको पारिवारिक सूत्रबाट थाहा लागेको छ। उनले आफुपछि उनकी मातासितै उनकी पत्नी र दुई छोरीहरू छोडेर गएका छन् भने केही महिना अघि मात्र उनको पिताको निधन भएको थियोे। उनको पार्थिव शरीर भोलि दिउँसो ११ बजेतिर घरबाट निकाल्ने भएको छ भने उनको अन्तिम संस्कार पुलबजार नजिक रङ्गीत खोलामा गरिने भएको थाहा लागेको छ।
उनी मूल रूपले दार्जिलिङ पुलबजार खण्डको सुन्तले बस्ती निवासी हुन् भने उनी विद्यासागर उच्चत्तर माध्यमिक विद्यालयका स्थायी शिक्षकको रूपमा कार्यरत् थिए। उनी ‘कोशेली” नामक कृतिबाट अघि आएका कैलाश पाण्डे नेपाली कवितामा उद्यमी स्रष्टा थिए। उनका केही गीत निक्कै श्रोताको मन जित्न सफल बनेका छन्। अमर उजाडले गाएको “सम्झना बोकी …” गीत श्रोताको हृदयमा प्रगाढ छ। सधैँ हाँसेर बोल्ने, नरिसाउने स्वभावका उनी गाउँ-समाजका दह्रिला आस्था थिए। बिजनबारी क्षेत्रबाट प्रतिभा प्रेरणा परिषद् नामक संस्थाका संस्थापक सदस्य, उपाध्यक्ष अनि “प्रतिभा” पत्रिकाका सम्पादकीय कार्यका महत्त्वपूर्ण कार्यकर्ता थिए। उनको “उमेरका आखाँ” नामक कृति प्रकोन्मुख अवस्थामा तयार रहेको जानकारी प्राप्त छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *