जिल्लापाल टाशी छोपेलले गरे निर्माणाधीन सड़कको निरीक्षण

पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चाले लाटुक छोचेनफेरी ग्राम पञ्चायतको फेरि अनि छोचेन वार्डमा निर्माणाधीन सड़कको स्थलगत निरीक्षण गरे। यस अवधि उनीसँग सेवानिवृत्त डीआईजी छिरिङ भोटिया, पाकिमका महकुमा अधिकारी, पारखाका खण्ड विकास अधिकारी, राष्ट्रिय राजमार्ग पूर्वाधार विकास निगमका अधिकारीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

यस प्रतिनिधि टोलीले स्थानीयहरूको गुनासो सुन्ने कार्य गऱ्यो। ठेकादार नालान्दा कन्स्ट्रकशनलाई पुनर्वास कार्य चाँड़ै गर्नुपर्ने प्रतिनिधि टोलीले आग्रह गरेको छ। यस निर्माण कार्य प्रगतिबारे पुनः प्रतिनिधि टोलीले निरीक्षण गर्ने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement