सोनादा: नेहूर बालासन चिया बगानकी एक युवती र उनको परिवार वर्षौंदेखि एक घरमा निकै खराब अवस्थामा बस्दै आएका थिए। उक्त परिवारलाई दार्जिलिङ वेलफेयर सोसाइटीको हर्षवर्धन श्रृङ्लाद्वारा सहयोग गरिएको छ। हर्षवर्धन श्रृङ्लाले खाँचोमा परेका महिलालाई वर्षायाम अघि घर मरमत्तिका लागि निर्माण सामग्रीहरू उपलब्ध गराएको जानकारी प्राप्त भएको छ।
नेहुर बालासन निवासी उक्त युवती र परिवार चिया बगानमा काम गर्ने कामदारको हैसियतमा उनको ज्यालाले घर मरमत्ति गर्न कहिल्यै पुगेको थिएन। उनका शुभचिन्तकहरूले विभिन्न सरकारी र अन्य क्षेत्रहरूमा सम्पर्क गरे तर कुनै फाइदा भएन।त्यस क्षेत्रका एक सामाजिक कार्यकर्ताले दार्जिलिङ वेलफेयर सोसाइटीमा पुगेर हर्षवर्धन श्रृङ्लालाई अवस्थाबारे जानकारी गराएका थिए। केही समयमै हर्षवर्धन श्रृङ्लाले खाँचोमा परेका महिलालाई वर्षायाम अघि नै घर मरमत्तिका लागि निर्माण सामग्रीहरू उपलब्ध गराएको जानकारी प्राप्त भएको छ।दार्जिलिङको चिया बगानका तल्लो तहका आवाजविहीन जनताको आवाज पनि अहिले सुनिन थालेको छ। उक्त युवतीले हर्षवर्धन श्रीङ्ला र दार्जिलिङ वेलफेयर सोसाइटीप्रति आभार व्यक्त गरेकी जनाइएको छ।










