पंखाबारी लंगभ्यु अम्बटे समष्टिद्वारा मिशन जागरण सभा सम्पन्न

IMG-20240219-WA0200.jpg

खरसाङ: भागोप्रमो पार्टीको संस्थापक अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद कल्पना प्रधानको निर्देश बमोजिम मिशन जागरण सभा लङ्भ्यु अम्बटे पंखाबारी समष्टीद्वारा रोहिणी गैरी गाउँ सार्वजनिक भवनमा बुथ नम्बर २५७ मा मिशन जागरण साथै शाखा गठन गर्न हेतु सभा पंखाबारी लंगभ्यु अम्बटे समष्टि समष्टि सदस्य राजमान राईको सभापतित्वमा सम्पन्न भयो। पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान सञ्चालन गरेको सभालाई केन्द्रीय समिति सदस्य सन्तोष तामाङ, समष्टि सभापति साथै सन्त मेरिज -तीन पञ्चायत प्रधान मणिराज डुम्जनल, घैयाबारी तीन पञ्चायत प्रधान सुष्मा वाईबा, रोहिणी खण्ड समिति अध्यक्ष प्रदीप प्रधान, राजु ठोकर, सचिन राई, एमके लामा, बिजय प्रधान, विकास गुरुङ, प्रवेश राई, समिति सदस्य मौसम लामा आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति सदस्य सन्तोष तामाङले नव गठित शाखा समितिले समाज अनि पार्टीको हितको निम्ति कार्य गरिदने अनुरोध गरे। पहाडमा २३ वर्ष पश्चात पञ्चायत व्यवस्था पार्टी संस्थापक अध्यक्ष अनित थापाको कुशल नेतृत्वको कारण सम्भव भएको पनि उनले जनाए। बीजेपी पार्टीले जहिले पनि गोर्खा जातिलाई धोका दिएको जनाए र बीजेपी पार्टीले गोर्खा जातिप्रति गरेको धोका घर दैलोमा पुर्याउने जिम्मेवारी पार्टी कार्यकर्ताहरूमाथि आएको पनि जनाए। सभामा समष्टि सभापति साथै सन्त मेरिज तीन पञ्चायत प्रधान मणिराज डुम्जनले आफ्नो सम्बोधनमा विगतमा भारतको प्रधानमन्त्री स्वंमले ‘गोर्खाको सपना मेरो सपना’ भनेर नेतालाई हवाई जहाजमा चढाउँदा पनि गोर्खा जातिले विश्वास गरेर बीजेपी पार्टीलाई भोट जिताएको थियो। गोर्खा जातिलाई कहिले ११ जनजाति कहिले पीपीएस भनेर गोर्खा जातिलाई लट्टाउने कार्य बीजिपी पार्टीले गरेको जनाए। सभालाई सम्बोधन गर्दै घैयाबारी -तीन पञ्चायत प्रधान सुष्मा वाइबाले पार्टीको दिशा निर्देश अनुसार आफु संयोजकको पदमा रहेको र संगठनको कार्य गर्दा पार्टीका प्रतिनिधीहरू बिचार विर्मश अनुसार नै कार्य गर्न आफु प्रतिबद्ध रहेको जनाइन्। मिशन जागरण विषय साथै बुथ गठन विषय लिएर राखिएको सभालाई सम्बोधन गर्दै रोहिणी खण्ड समिति अध्यक्ष प्रदीप प्रधानले रोहिणी क्षेत्रमा संगठन बलियो रहेको मत राखे साथै भारतीय जनता पार्टीले गोर्खा जातिप्रतिको गरेको घातलाई जनता समक्ष पुर्याउन गरेको अभियानलाई रोहिणी खण्ड पक्षबाट पूर्ण समर्थन रहेको जनाए। रोहिणी ठाडो गाउँका प्रतिनिधि राजु ठोकर संगठनलाई दह्रिलो बनाउन हेतु कुनै पनि विकासमूलक कार्यहरू गर्दा सबैको सर सल्लाह बमोजिम कार्य गरे संगठन अझ दह्रिलो भएर जाने मत राखे।गाउँमा हर घर जल योजनाको कार्य पनि अधुरो रहेको जनाए र अधुरो रहेको कार्य पूर्ण गर्व उचित विभागीय पहल गरिदिने अनुरोध गरे। रोहिणी लाप्चेटार निवासी सचिन राईले आफ्नो सम्बोधनमा लाप्चेटारको जीर्ण अवस्थामा रहेको बाटो मरमत्ति गर्न पर्ने सुझाव राखे। आजको सभामा जति जनाले उपस्थिति जनाए छन् उहाँहरु सबै नै पार्टीलाई माया गरेर आएको जनाए। रोहिणी लाप्चे खेतीका प्रतिनिधि एमके लामाले सभालाई सम्बोधन गर्दै रोहिणी क्षेत्रबाट पनि महुकमा समिति साथै समष्टि समितिमा पार्टी युवा कार्यकर्ताहरुलाई समावेश गरिदिने अनुरोध गरे।
सभालाई सम्बोधन गर्दै बिजय प्रधानले रोहिणी क्षेत्रका सातवटा गाउँका पार्टीका प्रतिनिधिहरूलाई लिएर एउटा दह्रिलो शाखा गठन गर्नु पर्ने मत राखेका छन्।
आज सम्पन्न सभामा शाखा समितिको सभापति विकास गुरूङ उप-सभापति राजु ठोकरलाई चयन गरियो भने सचिवको पदमा दिपेन तामाङ, सह सचिवको पदमा महेन्द्र थापा र कोषाध्यक्षको पदमा दिपक तामाङ्गलाई सर्वसम्मतिले चयन गरियो साथै रोहिणी क्षेत्रका महुकमा समिति साथै समष्टि सदस्यगण नव गठित शाखा समितिको प्रमुख सल्लाहकार रहने जनाए। सभालाई सम्बोधन गर्दै समिति सदस्य मौसम लामाले नव गठित शाखा कमिटीलाई बधाई एंव शुभकामना टक्राए साथै नव गठित शाखा समितिले पार्टीको हितमा कार्य गरिदिने अनुरोध गरे। उहाँले आगामी लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई गोर्खा जातिलाई गरेको अवहेलना जवाफ दिने समय आएको जनाए।

आज सम्पन्न सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोष तामाङ, खरसाङ महुकमा समिति कार्यकारी सचिव गजेन प्रधान, समष्टि अध्यक्ष मनिराज डुम्जन, समष्टि सदस्य दिपेन तामाङ्ग, घयबारी तीन ग्राम पञ्चायत प्रधान सुसमा वाईबा, समिति सदस्य मौसम लामा आदिको विशेष उपस्थिति रहेको थियो।
अन्त्यमा आजको सभाको सभापति राजमान राईले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement