सीएपी सिक्किमको शान्ति धरना जारी

IMG-20230528-WA0320-5-300x172-2

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले गत १५ फरवरी २०२४ को दिनदेखि गान्तोक जिल्लाको जिल्ला प्रशासनिक कार्यालय अघि सरकारलाई दिएको अल्टिमेट्मलाई ध्यानमा राख्दै शान्ति धरना क्रमशः गरिरहेको छ।

लगातार रूपमा चलिरहेको धरनामा विभिन्न काउन्सिलद्वारा संचालन हुँदै आज अखिल सिक्किम लोकल सेल्फ गर्मेन्ट काउन्सिलद्वारा उक्त धरना सञ्चालन गरिएको जानकारी सीएपी सिक्किमले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।

प्रेस विज्ञप्तिमा उक्त शान्ति ऱ्याली सिक्किम उर्जा लिमिटेडमा आफ्नो हिस्सेदारी विनिवेश गर्ने राज्य सरकारको निर्णयलाई विरोध जनाउँदै गरिएको उल्लेख छ। सीएपी सिक्किमले राज्य सरकारमाथि पारदर्शिता नअपनाएको आरोप लगाउॅंदै श्वेतपत्र जारी गर्नुपर्ने अल्टिमेटम दिॅंदै धरना गरेको बताइएको छ।

उक्त धरनामा सीएपी सिक्किमका अध्यक्ष लगायत वरिष्ठ नेतृत्वहरूका साथै कार्यकर्ताहरू उपस्थित रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement