सिलगढी: फुलबारीको अम्बिकानगर इलाका निवासी श्याम सुन्दर महतोकाे स्वास्नी गत ४ दिनदेखि २ छोरी सहित निखोज छन्। ११ वर्ष अघि सामाजिक रीति-रिवाज अनुसार बिहे गरेका महतो स्वास्नी २ छोरीसित खुसीको साथमा जीवन बिताइरहेका थिए। यसैबीच तिनको स्वास्नी दाजुको घर जान्छु भनेर २ छोरीलाई लिएर घरबाट निस्केपछि ४ दिन बितिसक्दा पनि घर फर्किआएकी छैनन्।

यसपछि श्याम सुन्दर महतोले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेका छन्। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।









