गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बिहारको राजधानी पटनामा आयोजित बिहार च्याम्बर्स अफ् कमर्स र उद्द्योगको कार्यक्रममा सहभागिता जनाए। पटनाको अन्तघाटमा आयोजित कार्यक्रममा राज्यका राज्यपाल गंगा प्रसादले पनि सहभागिता जनाएका थिए। यसरी बिहारको भ्रमणको व्यवस्था मिलाएकोमा मुख्यमन्त्री तामाङले राज्यपाललाई धन्यवाद दिँदै कार्यक्रम सफल भएकोमा खुशी प्रकट गरेका छन्। उनले बिहार चेम्बर अफ कमर्सका सदस्यहरूलाई सिक्किमे जनता र सरकारसँग मिलेर काम गर्न प्रोत्साहित गरे। उनले उपस्थितहरूलाई कल्याण, समृद्धि र सिक्किम राज्यको कृषि समृद्धि, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य लाभ र सामाजिक-आर्थिक स्थिरताको सन्दर्भमा यसको प्रसिद्धिको बारेमा जानकारी दिए। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले वर्तमान सरकारले सिक्किममा हालसम्म गरेका विकास र प्रवर्द्धनात्मक गतिविधिहरू प्रकाश पारे। सिक्किम सरकारले सरकारले औद्योगिक नीति बनाएको र लगानीकर्ताहरूलाई सिक्किममा आउन र लगानी गर्न सक्ने वातावरण तयार गरेको जानकारी गराए। सरकारले विशेष गरेर
किसानहरूलाई अधिकतम सुविधा दिइरहेका र बागवानी उत्पादन र दूधलाई प्रोत्साहन गर्दै आइरहेको बताए। उक्त कार्यक्रममा राज्यबाट मन्त्री एमएन शेर्पा, मन्त्री अरूण उप्रेती र मन्त्री सोनम लामाले पनि सहभागिता जनाएका थिए।