काेलकाता: तृणमूल प्रतिनिधिमण्डलको माग अनुरूप राज्यपाल डाक्टर सी.वी. आनन्द बोस मंगलवार चोपड़ा भ्रमण गरने भएका छन्। आज राती दार्जीलिङ हुँदै उनी बिहारको किशनगञ्ज पुग्नेछन्। त्यहाँदेखि राज्यपाल सड़क मार्ग भएर चोपड़ा पुग्नेछन्।
उल्लेखनीय छ, गत सोमवार उत्तर दिनाजपुर जिल्ला अन्तर्गत चोपड़ाको चेतनागाछी गाउँमा माटोमा पुरिएर चारजना नानीहरूको मृत्यु भएको थियो। बीएसएफले त्यस क्षेत्रमा नाला बनाइरहेको थियो। त्यही खेल्दा-खेल्दै अचानक जमीन धसिएर नानीहरू मृत्युको मुखमा पुगेका थिए।
उक्त घटनालाई लिएर तृणमूल कंग्रेसले बीएसएफमाथि लापरवाही गरेको आरोप लगाएको थियो। त्यसपछि गत बिहीवार तृणमूलको प्रतिनिधिमण्डलले राजभवनमा पुगेर राज्यपालसित भेट गऱ्यो। प्रतिनिधिमण्डलले राज्यपालसित चोपड़ा जाने अनुरोध गऱ्यो जसमा राज्यपालले सहमति व्यक्त व्यक्त गरे। सोही अऩुरूप राज्यपालले मंगलवार चोपड़ाको भ्रमण गरिरहेका छन्।









