जीटीए क्षेत्रको प्राथमिक पाठशालाहरूमा बुक डे पालन

IMG-20240219-WA0197.jpg

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनभित्र रहेका प्राथमिक पाठशालाहरुमा “बुक डे” पालन गरियो। आज प्राथमिक शिक्षा विभागका प्रभारी साथै डेपुटी चेयरम्यान राजेस चौहानले खरसाङ सर्कल अन्तर्गत जोत्सना माया प्राथमिक पाठशाला अनि सुकना वन बस्ती प्राथमिक पाठशालामा पालन गरिएको छ। दार्जिलिङ जिल्ला पाठशाला परिषदका अध्यक्ष तिलकचन्द्र रोकाले मङपु सर्कल अन्तर्गत रोलक प्राथमिक पाठशालामा पालन गरेका छन्। यसपटकको “बुक डे” मा प्रथमपल्ट स्थानीय पञ्चायत समिति अनि ग्राम पञ्चायतका सदस्य -सदस्यवर्गको पनि सम्बन्धित प्राथमिक पाठशालाहरुमा सहभागी रहेको थियो। दागोपापदेखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनसम्म आएपछि पहिलोपल्ट प्राथमिक पाठशालाका शिशुहरुको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागले नि:शुल्क पाठ्य पुस्तक, नि:शुल्क स्कूल डायरी वितरण गरेको प्राथमिक शिक्षा प्रभारी राजेस चौहानले बताएका छन्। पत्रकारहरुलाइ सम्बोधन गर्दै राजेस चौहानले यस स्कूल डायरीले विद्यार्थीवर्ग, शिक्षक-शिक्षिकावर्ग अनि अभिभावकवर्गमाझ एउटा साँघुको काम गर्नेछ भन्दै नानीहरुको पूर्ण विवरण, वर्षभरिको बिदाको सूची, पाठशालाले वर्षभरि पालन गर्नु पर्ने दिवस, जयन्ती आदि पनि उल्लेख रहेको छ। पाठशालाको साधारण नियम अनि कानूनहरुलाई पनि डायरीमा समावेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement