गान्तोक: एसएसबीले राज्यका विभिन्न गैर सरकारी संस्था, पञ्चायत सदस्य,स्थानीय युवा लगायत राज्य सरकारका प्रतिनिधिहरूसँग बैठक साथै वाकाथन आयोजना गऱ्यो। उक्त अवसरमा देन्ता वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षकवर्ग, पुलिसवल, वन विभागका अधिकारीहरूले सहभागिता जनाएको उक्त कार्यक्रमको मुख्य उद्देश्य आजादीका अमृत महोत्सव अन्तर्गत पालन गरिने हर घर तिरङ्गा रहेको थियो। स्थानीयहरूलाई राष्ट्रीय झण्डाको महत्व र यसबारेमा सचेत गराउँदै आगामी १३-१५ अगस्तसम्म घरमा राष्ट्रीय झण्डा लगाउनु रहेको थियो।

यसै क्रममा वाकाथन कार्यक्रम पनि आयोजना गरिएको जसमा एसिस्टेन्ट कमाण्डेन्ट हरि मोहन मिनाले कार्यक्रमको महत्वबारे विस्तृतरूपमा जानकारी गराए। कार्यक्रममा अतिरिक्त जिल्लापाल (विकास) सुरत गुरूङ, प्रभारी पूर्णहाङ सुब्बा, महकुमा अधिकारी एनके कार्की, खण्ड विकास अधिकारी बसन्त तामाङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।