भाजपाकी सांसद लकेट च्याटर्जीद्वरा मुख्यमन्त्रीको आलोचना

Locket-Chatterjee

कोलकाता: सन्देशखालीका केही उजुरीकर्ता महिलाहरूको बयानमा प्रश्न उठाएको भन्दै भाजपाले सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको आलोचना गरेको छl भाजपाकी सांसद लकेट च्याटर्जीले सन्देशखालीमा महिलाहरूको विरोध स्वस्फूर्त भएको र यसमा कुनै राजनीति नभएको बताएकी छिन्। सन्देशखालीमा महिलाहरूमाथि हुने अत्याचारको सम्झना दिलाउने गरेको पनि उनले दाबी गरिन्। लकेट च्याटर्जीले आरोप लगाउँदै भनिन्, ‘शाजजहाँ शेख, जसलाई यौन उत्पीडन र जमिन कब्जाको उजुरीमा मुख्य अभियुक्तको रूपमा हेरिन्छ, उसलाई संरक्षण गरिरहेको छ। जसका कारण पुलिसले पक्राउ गर्न सकेको छैनl’ उनले आरोप लगाइन्, ‘हिन्दू महिलाहरूलाई लक्षित गरिएको थियो र आरोपितहरूलाई प्रशासनले आश्रय दिएको थियो, किनभने टीएमसीलाई ३९ प्रतिशत मत’ को चिन्ता छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement