क्रूड हेरोइन सहित तीनजना पक्राउ

3548626-untitled-20-copy.webp

राजगञ्ज: एसटीएफले क्रूड हेरोइन सहित तीनजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा हुगली जिल्लाको चुचुरा निवासी लिटन पाल, नदिया जिल्ला अन्तर्गत राणाघाट निवासी नुरुद्दीन दफादार र देवाशीष दास सामेल छन्। प्राप्त जानकारी अनुसार स्पेसल टास्क फोर्स (एसटीएफ)-ले गोप्य सूचनाको आधारमा हिजो साँझ बन्धुनगर इलाकाको राष्ट्रिय राजमार्गमा एउटा वाहनलाई रोकेर छानबीन गर्दा १० लाखडा रूपियाँकाे २ केजी ३१६ ग्राम क्रूड हेरोइन उद्धार गरेको बताइएको छ।

उक्त हेरोइन अलिपुरद्वारबाट चुनसुरातर्फ लगिरहेको थियो। एसटीएफले पक्राउ गरेको ३ जना तस्करलाई आमबारी फालाकाटा आउटपोस्ट पुलिसलाई सुम्पिदिएपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement