सिलगढीको जङ्क्शन इलाकामा देखापर्यो चितुवाको दुइवटा शावक

Screenshot_20240219_162808_Samsung-Internet.jpg

सिलगढी: सिलगढी नगरनिगमको एक नम्बर वार्डको जङ्क्शन रेलवे स्टेशन अन्तर्गत गेट बजार संलग्न घना जङ्गलमा गत राति चितुवाको दुइवटा शावक देखापर्यो।यो घटनापछि इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर सालुगढा वन विभागको टीम घटनास्थलमा पुगेर चितुवाको खोजी शुरू गर्नको साथै रातिको समय वन विभागका कर्मीहरू इलाकामा विशेष नजर राखेका थिए। प्राप्त जानकारी अनुसार गत राति सिलगढी जङ्क्शन रेलवे स्टेशन संलग्न घना जङ्गलमा स्थानीय केही मानिसहरूले चितुवाको दुइवटा शावक भागिरहेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर सालुगढा वन विभागको टीम घटनास्थलमा पुगेर चितुवाको खोजी शुरू गरे। यसपछि सुकना वन विभागको टीम पनि घटनास्थल पुगेर चितुवाको खोजी शुरू गरेको बताइएको छ। चितुवा देखापरेको खबर सुनेपछि वार्ड पार्षद संजय पाठक पनि घटनास्थलमा पुगेका थिए। अर्कोतिर, सालुगढा वन विभागको बिट अफिसर प्रिया तामाङको उपस्थितिमा आज बिहानैदेखि इलाकामा चितुवाको खोजी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement