मेरो बत्तीकल र ऋषिहाट चियाकमान भ्रमण

Hydel-Project-copy

मेरो घर दार्जीलिङ शहर देखि लगभग हिँडेर आधा घण्टा जति टाडो पर्ने गर्दछ, र मेरो गाउँको नाम अमर ग्राम भक्ते बस्ती हो तर अधिकांशले हाम्रो गाउँ लाई राजबाडी पनि भन्ने गर्दछन् हुन त राजबाडी हाम्रो गाउँको नजिक पर्ने अर्को गाउँ हो, तर पनि सुविस्ताको लागि धेरैले हाम्रो गाउँलाई पनि राजबाडी भन्ने गर्दछन्। हाम्रो गाउँ अमर ग्राम भक्ते बस्ती  बारे कुरा गर्नुपर्दा यस गाउँमा कुनै समय त्यस समयका प्रख्यात गोर्खा कम्युनिस्ट नेता रत्नलाल ब्रह्मीन उर्फ महिला बाजेको जन्म भएको थियो उनको जन्म १६ अगस्त सन् १९०० मा भएको थियो। यसरी नै यस गाउँमा कुनै समय दार्जीलिङ भरी प्रख्यात रहेको नर्सरी पनि थियो जसको नाम घोष नर्सरी रहेको थियो यस नर्सरीमा विभिन्न फूलहरूको प्रजाति राखिएको थियो र यहाँ धेरै पर्यटकहरू आउने गर्थिएँ एक समय त बलिवूडका अभिनेता अभिनेत्रीहरू पनि यस नर्सरी हेर्न आएका थिए रे, तर सन् १९८६ को आन्दोलन पछि यस नर्सरी त्यसै सुकेर गयो र यस नर्सरी सुकेर गएपछि नर्सरीका मालिक घोष बाबु उनको पूरा नाम त मलाई थाहा भएन उनले पनि यस घोष नर्सरी र दार्जीलिङ छोडेर आफ्नै पैतृक थलो कोलकाता तिर फर्किए। यही गाउँ अमर ग्राम भक्ते बस्तीको बाटो भएर बत्तीकल अर्थात् सिद्राबुङ हाइडल प्रोजेक्ट पुग्न सकिन्छ यस हाइडल प्रोजेक्ट को स्थापना ११ फवारी सन् १८९६ मा भएको थियो उक्त हाइडल प्रोजेक्टको निर्माण दार्जीलिङ शहरमा बिजुली बत्ती पुर्यानको निम्ति निर्माण गरिएको थियो र यस हाइडल पावर स्टेशनलाई भारतवर्षको पहिलो पावर स्टेसन मानिन्छ। एक दिन मलाई पनि यस सिद्राबुङ हाइडल प्रोजेक्ट तिर घुम्न जान मन लाग्यो यस ठाउँलाई सामान्य जन जिब्रोको भाषामा बत्तीकल पनि भनिन्छ र म पनि उक्त ठाउँ तिर भ्रमण गर्न निस्किए। सिद्राबुङ हाइडल प्रोजेक्ट अर्थात् बत्तीकल मेरो घरबाट हिँडेर लगभग डेढ घण्टा जति टाढा रहेको छ र मैले पनि हिँडेर नै उक्त ठाउँ जाने मन बनाए र आफ्नो घरदेखि ओरालो लागे। घरदेखि ओरालो लाग्ने क्रममा हिँडेको लगभग पन्ध्र मिनेट पछि म आफ्नो गाउँको तल्लो भाग जुन गाउँलाई तल्लो भक्ते बस्ती पनि भनिन्छ वा यस गाउँ लाई गोपाल ग्राम भनेर पनि चिनिन्छ म यस गाउँमा पुगे यस गाउँमा पहिले गाडीको बाटो थिएन तर केही साल अघि मात्रै यस गाउँमा गाडीको बाटोको निर्माण भएको छ, यस गाउँका अधिकांश मानिसहरू खेतीपाती र गाई पालनमा निर्भर छन् र यहाँ अहिले गाडीको बाटो निर्माण भएको कारणले गर्दा यहाँका बासिन्दाहरूलाई धेरै सुबिस्ता भएको छ। त्यहाँबाट हिँड्दा हिँड्दै, केही समय पश्च्यात म चियाबारी प्रवेश गरे र आफ्नो गाउँ छोडी मैले प्रवेश गरेको चियाबारी लाई आर्य टी स्टेट वा सिद्राबुङ चिया कमान भनिन्छ यो चिया कमान सन् १८८५ मा स्थापित भएको चिया कमान हो भनिन्छ यो कमान बौद्ध भिक्षुहरू द्वारा खोजिएको चिया कमान हो भन्ने एउटा दन्ते कथा रहेको छ। अघिसम्म जोशसित फटाफट ओरालो हिँड्दै गरेको म अब केही हदसम्म थाक्न थालिसकेको थिएँ अघिसम्म पिच गरिएको कालो पत्रे बाटोहरू हिँड्दा मलाई धेरै सहज अनुभव भइरहेको थियो, तर अब अचानक त्यसप्रकारका सजिलो बाटोहरू मैले छोडिसकेको थिए अबको बाटोहरू धेरै उबड खाबड रहेको थियो फेरि हुन त फरवरीको महिना रहेको थियो यस महिनालाई हिउदो महिना नै भनेर भनिन्छ तर त्यस दिन हिउदो महिना भए पनि घाम मज्जाले लागिरहेको थियो, मौसमले शिशीर ऋतु लाई बिदावारी दिएर वसन्त ऋतुलाई स्वागत गरिरहेको थियो केही ठाउँहरूमा गुराँसहरू फुल्न थालिसकेको थियो। घाम लागिरहेको, बाटो पनि कच्चा, अघि फुर्ती साथ फटाफट ओरालो लागेको अहिले म केही थाक्दै गइरहेको थिए तर पनि म ओरालो हिँड्दै थिए ओरालो हिँड्दा हिँड्दा धेरै तलतिर सिद्राबुङ हाइडल प्रोजेक्ट अथवा बत्तीकल देखिन थाल्यो टाढा मा देखें पनि र केही थकित अवस्थामा भए पनि म धेरै उत्साह साथ निरन्तर रूपमा ओरालो लागेको लागेकै भए र अन्त्यमा आफू हिँडेको लगभग डेढ घण्टा भन्दा बढी समय बितिसक्दा म बत्तिकल अर्थात् सिद्राबुङ हाइडल पावर स्टेसन पुगे त्यहाँ पुग्दा आफैलाई धेरै आनन्द लागेर आयो अघिको सबै मेरा थकावट हरू हराएर गएको थियो, आफ्नो गाउँ घरमा धेरै जाडो भएपनि यस ठाउँ केही तल परेको हुनाले त्यहाँ धेरै गर्मी चडिसकेको थियो, त्यसपछि मैले बत्तीकल अर्थात् सिद्राबुङ हाइडल पाउर स्टेसन अघि एउटा सेल्फी पनि खिचे किनकी अहिले जमाना नैं सेल्फीको हो पहिले रील क्यामेराको जमाना थियो, तर अहिले त ती सबै कुराहरूको ठाउँ सेल्फिले लिएर गयो। यस सिद्राबुङ हाइडल प्रोजेक्ट बनाउनुको उद्धेश्य दार्जीलिङ सहरमा बिजुली बत्ती पुराउनु थियो र यही हाइडल पाउर स्टेसनको निर्माण भएपछि उक्त हाइडल पावर स्टेसनको माध्यमबाट पहिलो बिजुली बत्ती दार्जीलिङ स्थित गभर्नर हाउसमा बलेको थियो। बत्तिकलको केही समय भ्रमण गरेपछि म त्यही बत्तीकलको पुरानो समयको एउटा झोलुङ्गे पुल तरेर हिँड्न थाले झोलुङ्गे पुल काठको थियो, त्यस पुल मुनि खोला बगिरहेको थियो उक्त खोला दार्जीलिङ शहर र दार्जीलिङ शहरका क्षेत्र सित संलग्न रहेका ठाउँहरू तिरका खोलाहरू बत्तीकलमा आएर एकत्रित हुन्छ र त्यहाँ एकत्रित भएर उक्त खोला बग्दै बग्दै बिजनबारी स्थित रङ्गित नदीसित जोडिन पुग्छ। बत्तीकलको त्यस झोलुङ्गे पुल तरेपछि एउटा ठाडो उक्कालो थियो त्यो उक्कालो हिँडेपछि म फेरि अर्को नयाँ चिया कमानमा आइपुगे जुन कमानको नाम ऋषीहाट चिया कमान रहेको थियो र त्यस कमान पुगेपछि फेरि कालो पत्रे सडक मैले भेट्टाए त्यहाँ पुग्दासम्ममा म धेरै थाकी सकेको थिए र त्यहाँ एउटा चौतारा भेटेर त्यहाँ बसे। जाडो महिना नसकेको भए पनि बेसी हिँडेकोले गर्दा मलाई धेरै गर्मी लागिसकेको थियो र मैले आफ्नो ज्याकेट खोले ज्याकेट खोल्दा मेरो टी शर्ट पसिनाले लछ्याप्रै भिजीसकेको रहेछ र त्यस चौतारामा बसेर त्यहाँ देखिको टाढा टाढाका दृश्यहरू हेर्न थाले बायाँ ‍पारी पटी देखिने चुङथुङ कमान यसरी नै दया पट्टी  पारी देखिने दार्जीलिङ सहर त्यहाँ बाट हेर्दा धेरै रमाइलो लाग्न थाल्यो त्याहाँ धेरै समय विश्राम गरेपछि म फेरि ऋषिहाट कमानको उककालो तर्फ लाग्न थाले त्यहाँ बाट उक्कालै उक्कालो हिँड्दै जाँदा र वरी परी आंगन भएका घरहरू देख्दा त्यसै नै रमाइलो लागेर आयो किनकी अचेल हाम्रो सहरी क्षेत्रमा आंगन भन्ने कुराहरू हराइसकेको छ, बहुत्तल्ले उच्च बिल्डिंगहरू त देखिन्छ शहरहरूमा तर आंगन भन्ने कुराहरू सहरी क्षेत्रहरूमा विलुप्त भइसकेको छ भन्दा दुई मत नहोला, यसै गरी त्यहाँका धेरै नानीहरू एक हुल भएर वरी परी बाहिर खेलिरहेका थिए तर हाम्रो शहरी क्षेत्रहरू तिर अचेल नानीहरू एक हुल भएर खेलेको देख्न सकिंदैन शहरी क्षेत्रमा नानीहरूको जनसंख्या एकदमै घटेको छ रहेका नानीहरू पनि बाहिर खेल्न निस्किने गर्दैन त्यसैले त कमान बस्तीका नानीहरूको तुलनामा शहर क्षेत्रमा बसोबास गर्ने नानीहरू धेरै कमजोर हुने गर्दछ स्यानै उमेरमा उनीहरूलाई चस्मा जस्ता कुराहरूको आवश्यकता परिरहेको हुन्छ अहिले त झन् मधुमेह, रक्तचाप र मुटुको घातक रोगहरू पनि सहरी क्षेत्रका नानीहरूलाई लाग्ने गर्दछ त्यसैले कम्प्युटर र मोबाइल गेम खेल्नको लागि मात्रै नानीहरूलाई प्रोत्सान नगरौं तर बाहिर खुल्ला हावामा पनि नानीहरूलाई खेल्ने लगाऊ जसको कारणले गर्दा उनीहरूको तन त राम्रो नै भएर जान्छ तर मन र दिमाग लाई पनि यसले स्वच्छ पार्छ। यसै गरी ती कमानका नानीहरू सहरको नानीहरू हेरि धेरै रातो पिरो, खुशी र फर्साइलो देखिरहेको थियो। मैले भ्रमण गर्न निस्किएको दिन १३ फरवरी २०२४ थियो र १४ फरवरीको दिन सरस्वती पूजा थियो र भोलिपल्ट सरस्वती पूजा भएको कारणले गर्दा गाउँका ठूला ठाला व्यक्तिहरूले सरस्वती पूजाको मण्डप बनाइरहेको थियो र त्यहाँ मैले एक ठाउँ मात्रै मण्डप बनाएको देखिन तर गौडा नै पछि त्यहाँ सरस्वती पूजाको मण्डपहरू धेरै हर्ष र उल्लासका साथ सजाइरहेका थिए हाम्रो शहरी क्षेत्रहरू तिर त पहिले मात्रै धेरै हर्ष उल्लास साथ सरस्वती पूजा मनाइने गरिन्थियो तर अचेल दार्जीलिङ शहरी क्षेत्रहरू तिर सरस्वती पूजा मनाउन धेरै कम भएको छ तर धेरै वर्ष बाद यसरी कमान बस्तीमा सरस्वती पूजा यसरी हर्ष उल्लास साथ मनाउनको लागि तयार गरिरहेको देख्दा मलाई पनि धेरै खुशी लागेर आयो र ती सबै हेर्दै म ऋषीहाट चिया कमान उक्कालै उक्कालो हिड्दै गए। ऋषीहाट चिया कमान बारे अरु कुरा गर्नु पर्दा यो चिया कमान सन् १९०० तिर स्थापना भएको हो, यस कामलाई पहिले छिरिङ कमान भनिन्थ्यो तर पछि गएर यसको नाम परिवर्तन भइ ऋषीहाट हुनपुग्यो। यसरी म ऋषिहाट कमान उकालै उकालो लाग्ने क्रममा मलाई ऋषीहाट चियाबगान छोडेर जंगल भेट्न थाले ती जङ्गलहरू बाट हिँड्दै हिँड्दै गएपछि म ऋषिहाट र बिजनबारी जाने दोबाटोमा आइपुगे त्यहाँसम्म आइपुग्दा म थाकेर लखतरान भइसकेको थिए, मेरो निधारमा र अन्य शरीरभरि पसिनै पसिना भएको थियो, खुट्टा पनि धेरै दुख्न थाली सकेको थियो त्यस दोबाटोमा केही छन् विश्राम गरेपछि म फेरि हिँड्न थाले तर अबको हिँडाइ धेरै कष्टकार थियो चारैतिर घनघोर जंगल मात्रै थियो सडकमा बिजनबारी, तामसाङ, मारेबुङ, चुङथुङतिर जाने गाडिहरू हिँडिरहेको थियो र म आफ्नै धुनमा त्यो पनि त्यस्तो घना घोर जंगलमा त्यो पनि एक्लै लखतरान थाकेको अवस्थामा उक्कालै उक्कालो हिँडिरहेको थिए हुन पनि बिहानको लगभग ११ बजी तिर हिँडेको अहिले मध्यान्न ३:३० पनि कटी सकेको थियो न त पानी पिउनको निम्ति पानी साथमा छ न त बिहान देखी केही खाएको थिए फेरि त्यत्ति धेरै हिडेको कारणले गर्दा पनि म धेरै थाकेको अवस्थामा भएपनि म निरन्तर रूपमा उक्कालो हिँडिरहेको थिए। आफ्नै धुनमा थाके पनि उक्कालै उकालो हिँडेपछि धेरै माथि जंगल बीचमा एउटा पिक अप भ्यानले मलाई लिफ्ट दियो र म उक्त भ्यानमा चडे त्यसपछि उक्त पिक अप भ्यानमा म चढेपछि त्यहाँको ड्राइभरले गाडी उक्कालो तर्फ कुदाउन थाल्यो त्यसपछि त्यस गाडीको ड्राइभरले मलाई सोधे तपाईंलाई कता छोडदिनु त्यस समय मैले मलाई घूम सम्म छोडिदिनु नी भन्दै भने तर ड्राइभरले यो गाडी त घूम भ्यन्ज्याङ सम्म जान्छ म तपाईंलाई त्यही सम्म छोडिदिन्छ नी भन्दै भने मैले पनि सोचे घूम भ्यन्जाङदेखि घूमसम्म हिँडेर जान कति समय चाहिँ लाग्छ र एकछिनमा नै पुगी हाल्छ भन्ने सोचाइले मैले पनि ड्राइभरलाई हुन्छको उत्तर दिए। त्यसपछि फेरि त्यस ड्राइभरले मलाई सोधे तपाईं मारेबुङ देखि हिँडेर आउनु भयो? भन्दै सोधे त्यस समय मैले जवाब दिए होइन म ऋषिहाटदेखि हिँड्दै आएको भन्ने उत्तर दिए र यसरी त्यस ड्राइभरसित गफ गर्दा गर्दा घूम भ्यञ्ज्याङ आइपुग्यो। यसरी थाकेको अवस्थामा त्यस ड्राइभर भाईले मलाई स्वयं मैले लिफ्ट नमागी लिफ्ट दिँदा र उक्त गाडी भित्र म थकित अवस्थामा चड्दा मलाई केही राहत अनुभव भयो र घूम भ्यान्ज्याङ आएपछि म त्यस गाडी बाट उत्रिए गाडीबाट उत्रिएपछि मैले त्यस ड्राइभरलाई गाडी भाडाको रूपमा पैसा दिन खोजे तर उक्त ड्राइभरले मेरो बाट पैसा लिन मानेनन्। ड्राइभरको  यसप्रकारको दयालुता देखेपछि मैले सोचे मान्छेहरू अहिलेको समयमा कति निर्दयी छन् तर त्यसदिन त्यस ड्राइभर जसले मैले लिफ्ट नमागी उसले लिफ्ट दिँदा, त्यसपछि उसको गाडीमा चढेपछि उसले मलाई एक पैसा पनि नलिएर मलाई आधा गन्तव्यसम्म पुर्याउने काम गरिदिंदा मलाई त्यस दिन लाग्यो मानिसहरू अहिलेको यस्तो घोर कलियुगमा जब मानिसहरूको मनमा मात्र पाप रहेको हुन्छ यस्तो युगमा पनि केही मानिसहरूको मनमा दया र करुणा लुकेको हुँदो रहेछ। घूम भ्यन्ज्याङ मा म उत्रेपछि त्यहाँ देखि म घूम तर्फ हिँडेर लागे त्यस समय मेरो छाती देखि मुनिको भाग सबै दुखिरहेको थियो, खुट्टा त झनै जोर जोरले दुखिरहेको थियो, मुख मेरो धेरै सुकिसकेको थियो र आफू धेरै हिँडेपछि घूम नजिक एउटा रेस्टुरेन्टमा पसेर चिकन मोमो र एउटा कोक मगाए र उक्त चिकन मोमो र कोक खाएपछि मलाई केही राहत अनुभव भयो र त्यस रेस्टुरेन्ट बाट ती कुराहरू खाएपछि म घूम स्टेसन आए र घूम स्टेसनबाट म दार्जीलिङ सहर जाने गाडी चडे र दार्जीलिङ आए दार्जीलिङ आएपछि म बिस्तारै आफ्नो घर तिर लागे र म घर आइपुगे घर आएपछि म घरभित्र पसेपछि थकित अवस्थामा म मेरो घरको एक सोफामा बसे र मनमनै सोचे आजको दिनमा म यति धेरै हिडे त्यो पनि एक्लै कहिले चिया कमान नै कमानको बाटो त कहिले घनघोर जंगल त्यस्तो घना घोर जंगल एक्लै हिँड्दा पनि मलाई खै किन हो केही डर नै लागेन न त कुनै जंगली जनावरको डर लाग्यो न त कुनै चोर डाका कसैको पनि डर लागेन बरु धेरै ज्यू दुखेको अवस्थामा पनि, थकित भएको अवस्थामा पनि मेरो मन र मस्तिष्क स्वच्छ भएको थियो, त्यस दिन उक्त भ्रमणमा जानु भन्दा अघि मलाई मनमा धेरै पीडाहरू थियो, दिमागमा धेरै कुराहरू खेलेर मन केही हदसम्म अशान्ति थियो तर यस भ्रमण पश्च्यात मेरो मन मस्तिष्क खुल्ला र हल्का भएको थियो आफैलाई मैले  मानसिक तौरमा शान्ति अनुभव गरिरहेको थिएँ र त्यस दिन मैले अनुभव गरेकी कोही बेला यसरी घुम्न निस्किए शारीरिक रूपमा थकावट भएपनि मानसिक रूपमा यसले शान्ति दिदो रहेछ त्यसैले बेला बेलामा यसरी घुम्न पर्ने रहेछ तर म जस्तो एक्लै होइन तर आफ्नो ईष्ट, मित्र साथी संगी हरू सित यसरी घुमे अझ लाभदायक हुन सकिन्छ।।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *