गज़ल

Gazal-1

जिउँदो जाग्दो यो पहाड़ अचेल श्मशानघाट जस्तो लाग्न थाल्यो

सबथोक नै सस्तोमा पाइने साप्ताहिक हाट जस्तो लाग्न थाल्यो

स्रष्टाहरू द्रष्टा हुन्छन् भनेको सुनेथें,पढेथें, दिग्दर्शक पनि अरे

यहाँ त कतिपय, सत्ताको भजन गाउने भाट जस्तो लाग्न थाल्यो

स्थायी, बलियो होइन अस्थायी, कच्चा भए पनि चल्दो रहेछ

नेता थुम्थुम्याउन दिएको कुर्सी परालको खाट जस्तो लाग्न थाल्यो

सिङ्गो जाति टुक्रिए टुक्रा टुक्रा राजनीतिको जाँतोमा पिसिएर

खै के भयो भयो हाम्रो जाति त झालमुडी र चाट जस्तो लाग्न थाल्यो

जून देखाएर घाम हो कि हो भन्छन् शैतानलाई आत्मा बेचेर

झूट हेर्दा हेर्दा ऊनको धागो पनि सुनपाट जस्तो लाग्न थाल्योll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement