सन्त मेरिज-१ मा किशोरी दिवस पालन  

WhatsApp-Image-2024-02-19-at-13.28.07

खरसाङ: पश्चिम बंगाल राज्य सरकारको परियोजना स्कीम फर एडोल्सेन्ट गर्ल्स (एसएजी-कन्याश्री प्रकल्प-केपी) खरसाङ शाखाले किशोरीहरूका विभिन्न विकासहरू बारे विशेष कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छl गत १५ फरवरीमा दिलाराम हेल्थ सेन्टर सन्त मेरिज-१ मा आईसीडीएस र यसका एकाईहरू एडब्ल्युडब्ल्यु/एडब्ल्युएच र एसएजी (केपी)द्वारा ‘किशोरी दिवस’ पालन गर्योl यस अवसरमा २१ वर्षसम्मका किशोरीहरू स्वास्थ्य जाँच गरियोl जसमा मुख्य रुपले बीएमआई र एनेमिया जाँच गरियोl ‘किशोरी दिवस’को यस कार्यक्रममा  एसएजी (केपी)का टोलीले कन्याश्री प्रकल्प, छिटो बिहे, ड्रपआउट, स्वास्थ्य अनि स्वच्छता बारेमा उपस्थित किशोरीहरूसित अन्तरक्रिया गरेl एसएजी (केपी)का टोलीले सबै किशोरीहरूको समस्याहरू बारे जानकारी लिए भने उनीहरू सरकारी सुविधाहरू बारेमा पनि जानकारी दिएl यस कार्यक्रममा कम्युनिटी हेल्थ एसिस्टेन्ट (सीएचए-सेकेण्ड एएनएम) श्रीमती वीणा सुब्बा, हेल्थ एसिस्टेन्ट (एम) प्रवीण राई, एसएजी (केपी) टोलीकी प्रोजेक्ट इन्चार्ज स्मृति छेत्री, फिल्ड फेसिलेटरहरू प्रियंका विश्वकर्म, दीपशिखा छेत्री र लोब्साङ शेर्पा, आशाकर्मीहरू,  आईसीडीएस र यसका एकाईहरू एडब्ल्युडब्ल्यु/एडब्ल्युएचका सदस्यहरू उपस्थित थिएl  २३ फरवरीमा पनि ‘किशोरी दिवस’को कार्यक्रम आयोजना गरिने भएको छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *