एसएमएफजी इण्डिया क्रेडिटद्वारा छैटौं पशु विकास दिवस पालन

overview1.jpg

सिलगढी: भारतको अग्रणी एनबीएफसी मध्ये एक एसएमएफजी इण्डिया क्रेडिट कम्पनी लिमिटेड (पूर्वको फुलर्टन इण्डिया क्रेडिट कम्पनी लिमिटेड)ले आफ्नो छैटौं पशु विकास दिवस (पीभीडी) आयोजना गरेको छ। यो देशमा सबैभन्दा ठूलो एक दिवसीय पशु हेरचाह शिविरको रूपमा पर्चित छ। यस अवधिमा एक लाखभन्दा अधिक पशुधनको आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि १४ राज्यहरूमा ४६० भन्दा अधिक स्थानहरूमा एक साथ शिविर आयोजित गरिएको एक प्रेस विज्ञप्तिमा बताएको छ। भारतमा आठ करोड भन्दा अधिक परिवार सोझै डेयरी क्षेत्रसित जोडिएका छन्l यसमा महिलाहरूको ७० प्रतिशत कार्यबलले प्रतिनिधित्व गर्दछ। यी महिलाहरूको भूमिकाको सम्मानका लागि, छैटौं पशु विकास दिवस ‘डेयरी फार्मिङमा महिलाहरू’को रूपमा पालन गरिएको छ। यो पहल ईएसजी ढाँचाको ‘सामाजिक’ पहललाई दर्शाउँछ, जो सामाजिक उत्थानका अघि बढाउनमा लैंगिक विविधता र समावेशको महत्वलाई जोड दिँदछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *