तीन दिवसीय मारुनी लोकनृत्य कार्यशालाको समापन

कालचिनी: गत २८ जुलाईको दिनदेखि आरम्भ भएको तीन दिवसीय नेपाली मारुनी लोकनृत्य कार्यशालाको आज समापन गरिएको जानकारी आयोजक अलिपुरद्वार डीआईसीओ सिप्रानुस बास्केले दिएका छन। गत तीनदेखि राजाभातखावा स्थित श्री श्री गौशालामा सम्पन्न भएको मारुनी लोकनृत्य कार्यशालामा कालचिनी खण्डको विभिन्न ठाउँहरुबाट प्रायः ५० जना लोक प्रसार प्रकल्पको नेपाली सांस्कृतिक टोलीले अंशग्रहण गरेको थियो भने प्रशिक्षकको रुपमा दार्जीलिङबाट नृत्य प्रशिक्षक श्रेया राईले मारुनी लगायत सोरठी, संगिनी र विरही नृत्यको प्रशिक्षण सहभागी कलाकारहरुलाई दिएको थियो।

आज अन्तिम दिन समापनको अवसरमा प्रशिक्षित कलाकारको टोलीहरुले मारुनी लगायत सोरठी, संगिनी र विरही नृत्यको प्रदर्शन गरेको थियो भने सो अवसरमा अलिपुरद्वार डीआईसीओ सिप्रानुस बास्के लगायत तथ्य औ संस्कृति विभागको अधिकारीहरु रञ्जन मजुमदार र समीर दास लगायत प्रशिक्षण कार्यशालाको संयोजक रामकुमार लामा र आजाद भुजेल एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

उखरमाउवो गरमको चपेटमा पनि सहभागी लोक कलाकारहरुको उत्साह देख्दा गर्मीको असर थाह नलागेको र डुवर्सको कलाकार भाई बहिनीहरुको सिक्ने आवेगलाई देख्दा खुसी लागेर आएको प्रशिक्षक श्रेया राईले जनाएकी छन। यता कार्यक्रम प्रशिक्षण सफलरुपमा सम्पन्न भएकोमा संयोजक रामकुमार लामाले अलिपुरद्वार तथ्य औ संस्कृति विभागलाई धन्यवाद ज्ञापन गर्दै राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीलाई विशेष आभार व्यक्त गरेका छन‌ भने आगामी दिनमा यस्तै कार्यशाला डुवर्सको नेपाली नृत्यको अन्य फाँट औ यहाँको आदिवासी, उराँव, सन्थाली, मुण्डारी, मेच, राभा, गारो, टोटो, डुक्पा आदि लोक नृत्यमाथि पनि आयोजना गरियोस भनि निवेदन टक्र्याएको छ। कार्यशाला समापनबारे अलिपुरद्वार डीआईसीओ सिप्रानुस बास्केले तीन दिवसीय कार्यशाला सफलरुपमा समाउन भएको र आगामी दिनमा फेरि लोक संस्कृति माध्यममा सम्पन्न गरिने जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *