सिलगढी: पूर्व विदेश सचिव हर्षवर्धन श्रृङ्लाले हिजो चोपडा, उत्तर दिनाजपुर, तीन जिल्लामा भ्रमण गरे। दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले जनवरी २०२४ मा भारत-बंगलादेश सीमा नजिक चोपरामण्डल १ को प्यारेलाल चिया बगानको विस्तार गरेका थिए। हिजो उनले गोविन्दपुर, कुचोनाभांगी, दासपारा माझोपली र सुखदेवपुरको भ्रमण गरी त्यहाँ बसोबास गर्ने मानिसहरू र समुदायलाई भेट गरे।

सो क्षेत्र र त्यहाँका मानिसहरूका समस्या सुनेर आफ्नो संस्था मार्फत सक्दो कार्य गर्ने आश्वासन दिएl उनले त्यहाँ केही परिवारलाई लुगाफाटा पनि वितरण गरे। जनवरीमा उनले प्यारेलाल चिया बगानमा विकास सोरेनसित भेट गरे, जसको सन् २०२१ मा बाइक दुर्घटना भएको थियो। सिलगढीको एउटा अस्पतालमा उनको पूर्ण उपचारको व्यवस्था गरिए छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आदर्शलाई पछ्याउँदै देश र राज्यका प्रत्येक व्यक्तिको समुचित विकास सुनिश्चित गर्ने लक्ष्य राखेको एक प्रेस विज्ञप्तिमा बताइएको छ। हर्षवर्धन श्रीश्रृङ्लालाई आफू माझ पाएपछि उनले हर्ष प्रकट गरेl