असल शुरुवातलाई ठूलो ईनिंग्समा परिणत गर्नु महत्त्वपूर्णः यशस्वी

IMG-20240219-WA0139.jpg

राजकोट: आफ्नो आक्रामक ब्याटिंग शैलीको साथ करियरको शुरुवातमै २ वटा दोहोरो शतक (डबल सेञ्चुरी)-को मालिक बन्ने युवा ओपनिंग ब्याटर यशस्वी जयसवालले बताएअनुसार, टेस्ट क्रिकेट कठिन छ तर उनी असल शुरुवातलाई ठूलो स्कोरमा परिणत गर्नमा विश्वास गर्छन्। देब्रे हातका यस ब्याटरले ईंग्ल्याण्ड विरुद्ध खेलिएको तेस्रो टेस्ट म्याचको दोस्रो ईनिंग्समा २३६ बलमा अविजित २१४ रन बनाए। तेस्रो टेस्ट म्याचमा भारतले ईंग्ल्याण्डलाई ४३४ रनको रेकर्ड अन्तरले पराजित गरी पाँचवटा टेस्ट म्याचको सीरीजमा २-१-को बढ़त हासिल गऱ्यो। वेष्ट इण्डिज विरुद्ध जुलाई २०२३-मा पदार्पण गर्ने जयसवालको सातवटा टेस्ट म्याचमा यो दोस्रो दोहोरो शतक हो। यसअघि उनले विशाखापट्टनममा खेलिएको दोस्रो टेस्ट म्याचमा पनि २०९ रन बनाएका थिए। जयसवालले अहिलेसम्म ७ वटा टेस्टमा ७१.७५-को औसतले ८६१ रन बनाइसकेका छन्। यसमा ३ वटा शतक र २ वटा अर्द्धशतक सामेल छ। राजकोटमा खेलिएको तेस्रो टेस्टमा उनले कुनै एउटा ईनिंग्समा सर्वाधिक छक्का (१२ वटा) लगाउने विश्व रेकर्डको पनि बराबरी गरे।
म्याच जितेपछि जयसवालले भने, टेस्ट क्रिकेट कठिन छ तर टीममा रहेपछि म आफ्नो १०० प्रतिशत दिन चाहन्छु। म केवल कोशिश गरिरहेको छु। मैदानमा ओर्लिएर क्रीजमा केही समय बिताएपछि म त्यसलाई ठूलो ईनिंग्समा परिणत गर्ने कोशिश गर्छु। टेस्ट क्रिकेटमा तपाईंले असल शुरुवातलाई ठूलो स्कोरमा परिणत गर्नु जरूरी हुन्छ।
जयसवालले आफ्नो दोहोरो शतकको विश्लेषण गर्दै भने, ढाड़को चोटले सामान्य समस्या त भइरहेको थियो। यो मेरो निम्ति सामान्य मुश्किल पनि थियो कारण शुरुमा म रन बनाउन सकिरहेको थिइनँ। यसैकारण मैले एक-एक सत्र गरेर खेल्ने अनि परिस्थितिहरूसँग तालमेल मिलाउने योजना बनाए। त्यसपछि चाहिँ मलाई रन बनाउन सक्ने विश्वास भयो। मलाई ढाड़को पीड़ाले पनि सतायो। म मैदान बाहिर (रिटायर्ड हर्ट भएर) जान चाहदिन थिएँ तर यन्त्रणा बढ़्दा म बाहिर जानु पऱ्यो। म केवल अन्तसम्म ब्याटिंग गर्न चाहन्थे। लगातार दोस्रो दोहोरो शतक बनाएर म खुशी छु अनि सीरीजका रहल दुईवटा म्याचमा पनि यस फर्मलाई जारी राख्न चाहन्छु। ईंग्ल्याण्ड र भारतबीच चौथो टेस्ट म्याच २३ फरवरीदेखि राँचीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement