नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले २१-देखि २७ फरवरीसम्म अलान्यामा हुने तुर्की महिला कप २०२४-को निम्ति २३ सदस्यीय सीनियर महिला टीमको घोषणा गऱ्यो। आशालता देवी टीमकी कप्तान हुनेछिन्। यसअघि भारतले २०१९ र २०२१-मा यस प्रतियोगितामा हिस्सा लिएको थियो। चार देशीय यस टुर्नामेण्टमा भारतको पहिलो म्याच २१ फरवरीमा एस्टोनिया विरुद्ध रहेको छ। राउण्ड रोबिन आधारमा हुने यस टुर्नामेण्टमा भारतले २४ फरवरीमा हंगकंग र २७ फरवरीमा कोसोवा विरुद्ध खेल्नेछ। चारवटा टीमबीच शीर्षमा रहने टीम च्याम्पियन बन्नेछ।
भारतीय टीमः
गोलकीपरः श्रेया हुडा, इलांगबाम पंथोई चानू, मोनालिसा देवी, मोइरांगथेम
डिफेण्डरः आशालता देवी लोइटोंगबीएम, रञ्जना चानू सोरोखैबम, डालिमा छिब्बर, जूली किशन, अस्तम ओराँव, शिल्की देवी हेमम।
मीडफिल्डरः अञ्जु तामाङ, संगीता बासफोर, कार्तिका अंगमुथु, मनीषा, काजोल डिजूसा, इन्दुमथी कथिरेसन।
फरवर्डः ग्रेस डांगमेई, सौम्या गुगलोथ, करिशअमा पुरुषोत्तम शिरवोइकर, सन्ध्या रंगनाथन, सञ्जु, प्यारी जाक्सा, काव्या पक्किरमसामी, ज्योति।
मुख्य प्रशिक्षकः लैंगम चाओबा देवी।










