गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज राजभवनमा हाम्रो सङ्कल्पः विकसित भारत, पुष्पित सिक्किम कार्यक्रमअन्तर्गत दिव्याङ्गहरूलाई निरामाया स्वास्थ्य वीमा कार्डलगायत अन्य सहयोग सामाग्री प्रदान गरे। कार्यक्रमको आयोजना भारत सरकारको सामाजिक न्याया एवं सशक्तिकरण मन्त्रालयद्वारा गरिएको थियो। यी सहयोग सामाग्रीहरू सिक्किम सरकारको महिला एवं बाल विकास विभागद्वारा चयन गरिएको सूचीको आधारमा गरिएको थियो।आज राज्यपालको बाहुलीबाट लाभार्थीहरूलाई आठवटा ह्वील चियर, एउटा ब्रेल किट, एउटा सेरेब्रल पाल्सी चियर र एउटा बहु सम्वेदी समावेशी शैक्षिक किट प्रदान गरिएको छ। यसरी नै भारत सरकारको राष्ट्रिय ट्र्स्टको निरामय स्वास्थ्य वीमाअन्तर्गत २२ वटा हेल्थ कार्ड पनि वितरण गरियो। यस योजनाअन्तर्गत लाभार्थीहरूलाई एक वर्षको लागि स्वास्थ्य परीक्षणसाथै अस्पताल भर्नाको लागि एक लाख रुपियाँको वीमा उपलब्ध गराइनेछ।








