ब्याडमिण्टनमा भारतीय महिला टीमको ऐतिहासिक स्वर्ण पदक 

IMG-20240218-WA0238.jpg

शाहआलम (मलेशिया): भारतीय महिला टीमले आइतवार ब्याडमिण्टन एशिया टीम च्याम्पियनशीपको फाइनलमा थाईल्याण्डलाई ३-२ ले पराजित गरी यस प्रतिष्ठित प्रतियोगिताको इतिहासमा पहिलोपल्ट खिताब जितेर इतिहास रच्यो । पीभी सिन्धुको अगुवाईमा रहने भारतीय महिला टीमले चरम दबाउबीच पनि असल प्रदर्शनको क्रम जारी राख्दै दुईपल्टको काँस्य पदक विजेता थाईल्याण्डलाई पराजित गऱ्यो। भारतले यस प्रतियोगितामा यसअघि दुईवटा पदक जितेको थियो। भारतीय पुरुष टीमले २०१६ र २०२०-मा काँस्य पदक हासिल गरेको थियो। लगभग चार महिनापछि चोटमुक्त भएर खेलमा फर्किने दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले पहिलो एकल म्याचमा विश्वकी १७औं नम्बरकी खेलाड़ी सुपनिडा काटेथोंगलाई २१-१२, २१-१२-ले पराजित गरी भारतलाई १-० को बढ़त दिलाइन्। त्यसपछि त्रिसा जली र गायत्री गोपीचन्दकी विश्वकी २३औं नम्बरकी जोड़ीले पनि असल प्रदर्शन गर्दै जोंगकोलफान कितिथाराकुल र राविण्डा प्रा जोंगजईकी विश्वकी दशौं नम्बरकी जोड़ीलाई २१-१६, १८-२१, २१-१६ ले पराजित गरी भारतको बढ़तलाई मजबूत बनायो। शनिवार जापानकी पूर्व विश्व च्याम्पियन नोजोमी ओकुहारा विरुद्ध असाधारण जीत हासिल गर्ने अश्मिता चालिहाबाट असल प्रदर्शनको आशा गरिएको थियो तर उनले दोस्रो एकलमा विश्वकी १८औं नम्बरकी खेलाड़ी बुसानन ओंगवामरुंगफान विरुद्ध ११-२१, १४-२१- ले हारको सामना गर्नु पर्यो। त्यसपछि युवा श्रुति मिश्रा र सीनियर राष्ट्रिय च्याम्पियन प्रिया कोजेंगबामले दोस्रो युगलमा बेन्यापा एम्सार्ड र नुनटाकर्न एम्सार्डकी विश्वकी १३औं नम्बरकी जोड़ी विरुद्ध ११-२१, ९-२१-ले हारको सामना गर्नु पर्दा थाईल्याण्ड २-२ को बराबरीमा पुग्यो। त्यसपछि भारतलाई जिताउने पूरा जिम्मेवारी अनमोलमाथि थियो, जसले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकी ४५औं नम्बरकी खेलाड़ी पोर्नपिचा चोइकीवोंगलाई २१-१४, २१-९- ले पराजित गरी भारतलाई ऐतिहासिक सफलता दिलाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement