भारत तेस्रो टेस्टमा ४३४ रनको रेकर्ड अन्तरले विजयी

IMG-20240218-WA0233.jpg

राजकोट: पहिला ओपनर यशस्वी जयसवालको दोहोरो शतक अनि पछिबीट रविन्द्र जडेजाको विध्वंशी बलिंगले भारतले तेस्रो क्रिकेट टेस्ट म्याचमा ईंग्ल्याण्डलाई ४३४ रनले पराजित गऱ्यो। यस जीतको साथै भारतले पाँचवटा म्याचको सीरीजमा २-१ को बढ़त हासिल गऱ्यो । ईंग्ल्याण्डको टीम ५५७ रनको विशाल लक्ष्यलाई खेदो गर्दै ३९.४ ओभरमा १२२ रन बनाएर अलआउट भयो। जडेजाले ४१ रन खर्च गरी सर्वाधिक ५ विकेट लिए। यसबाहेक कुलदीप यादवले २ विकेट हासिल गरे। भारतको यो टेस्ट क्रिकेटमा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो । यसअघि भारतले २०२१ मा न्यूजील्याण्डलाई मुम्बईमा खेलिएको टेस्ट म्याचमा ३७२ रनले पराजित गरेको थियो । यसरी ईंग्ल्याण्ड विरुद्ध कुनै पनि टीमको यो दोस्रो सबैभन्दा ठूलो जीत हो। यसबाहेक भारतीय माटोमा रनको अन्तरले यो अहिलेसम्मको सबैभन्दा ठूलो जीत हो।

जयसवालले तेस्रो टेस्टमा पनि अविजित २१४ रनको आकर्षक ईनिंग्स खेले । जसको सहायताले भारतले ४ विकेटमा ४३० रन बनाएर आफ्नो दोस्रो ईनिंग्स समाप्त घोषित गऱ्यो अनि ईंग्ल्याण्डलाई ५५७ रनको लक्ष्य प्राप्त भयो। भारतले म्याचमा आफ्नो पहिलो ईनिंग्समा ४४५ रन बनाएको थियो। त्यसपछि ईंग्ल्याण्डको पहिलो ईनिंग्स ३१९ रनमा समाप्त भएको थियो। जयसवालले २३६ बल खेलेर १४ वटा चौका र १२ छक्का लगाए। यसरी उनले टेस्ट म्याचको एउटा ईनिंग्समा सर्वाधिक छक्का लगाउने रेकर्डको पनि बराबरी गरे। यसअघि यो रेकर्ड पाकिस्तानका महान अलराउण्डर वसिम अकरमको नाममा रहेको थियो, जसले जिम्बाब्वे विरुद्ध १९९६- मा १२ वटा छक्का लगाएका थिए। जयसवालले सरफराज अहमद (अविजित ६८)-सँग पाँचौं विकेटको निम्ति १७२ रनको अटूट साझेदारी पनि गरे।

आफ्नो पहिलो टेस्ट म्याच खेलिरहेका सरफराजले म्याचमा लगातार दोस्रो अर्द्धशतक बनाए। यसअघि शुभमन गिलले पनि ९१ रनको ईनिंग्स खेले। गिलले १५१ बल खेलेर नौवटा चौका र २ वटा छक्का लगाए। यसरी सरफराजले ७२ बल खेलेर ६ वटा चौका र ३ वटा छक्का लगाए। कुलदीप यादव २७ रन बनाएर आउट भए। विशाल लक्ष्यलाई खेदो गर्दै ईंग्ल्याण्डको शुरुवात नै खराब रह्यो अनि पहिलो ईनिंग्समा शतक बनाउने बेन डकेट केवल ४ रन बनाएर रन आउट भए। त्यसपछि भारतीय बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी चौथो दिन नै टीमलाई जीत दिलाए। दशौं नम्बरमा ब्याटिंग गर्न ओर्लिने मार्क वुडले सर्वाधिक ३३ रन बनाए। शीर्ष क्रममा ज्याक क्राउले (११ रन), ओली पोप (०३), जो रुट (०७), जनी बेयरस्टो (०४), कप्तान बेन स्टोक्स (१५) र बेन फोक्स (१६) फ्लप साबित भए।

भारतीय बलरहरूमा जडेजा बाहेक कुलदीपले २ विकेट लिए। भारतको पहिलो ईनिंग्समा ११२ रन बनाउनको साथै म्याचमा जम्मा ७ विकेट हासिल गर्ने अलराउण्डर जडेजालाई प्लेयर अव् द म्याच चयन गरियो। भारत र ईंग्ल्याण्डबीच चौथो टेस्ट म्याच २३ फरवरीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement