राज्यमा तीन नयाँ मेडिकल कलेज खोलिनेछ: मुख्यमन्त्री ब्यनर्जी

18_02_2024-mamata_benerjee_23655692.jpeg

बीरभूम: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले राज्यमा तीनवटा नयाँ मेडिकल कलेजहरू निर्माण गर्ने घोषणा गरेकी छन्। आइतवार बीरभूमको सिउड़ीमा आयोजित एक प्रशासनिक बैठकमा मुख्यमन्त्रीले केही परियोजनाहरूको घोषणा गरिन्।

उनले ग्रामीण सड़क, पुल निर्माणको घोषणा पनि गरिन्। ममताले भनिन्, बीरभूम बंगाली संस्कृतिको जन्मस्थल हो। उनको सरकारले बीरभूमको विकासको निम्ति हरसम्भव काम गरिरहेको छ।

बैठकमा ममताले भनिन्, राज्य सरकारले पूर्व मेदिनीपुर जिल्लाको तमलुकमा ताम्रलिप्त मेडिकल कलेज औ हुगली जिल्लाको आरामबागमा प्रफुल्ल चन्द्र सेन मेडिकल कलेज स्थापना हुनेछ। यस अतिरिक्त उत्तर २४ परगनाको बारासातमा पनि सरकारी मेडिकल कलेज र अस्पताल खोलिनेछ। उनले भनिन्, मुर्शिदाबाद, पूर्व औ पश्चिम बर्दवान सहित राज्यका विभिन्न जिल्लाका विद्यार्थीहरूले यहाँ मेडिकलको पढ़ाई गर्न सक्नेछन्।

यसबाहेक ममताले आइतवार राज्य सरकारका धेरैवटा परियोजनाहरूमाथि प्रकाश पार्दै भनिन्, राष्ट्रिय राजमार्ग-१४ सितै बीरभूमको भाग, खोराशोल ब्लकको भीमगढ़ बिन्दुदेखि नलहटी २ नम्बर ब्लकको नागपुर चेक पोस्टसम्मको सड़कलाई चार लेन बनाइनेछ। राज्य सरकारले आम मानिसहरूको आवश्यकता अनुरूप काम शुरू गरेको छ।

उनले भनिन्, पानागढ़, इलमबाजार, दुबराजपुरमा सड़कहरूको विकासको लागि १०७ करोड़ ७८ लाख रुपियाँ आवन्टन गरिएको छ। कष्टगाड़िया स्वास्थ्य केन्द्र, ठाकुरपुकुर सड़कको विकास औ पुल निर्माणको लागि ३२ करोड़ रुपियाँ आवन्टन गरिएको छ। पथश्री-२ परियोजना अन्तर्गत राज्य सिउड़ी-१, इलामबाजार, श्रीनिकेतन, लाभपुर, सैंथिया, दुबराजपुर, नानूर औ मोहम्मदबजारमा ८५ किमी लामो ६२ ग्रामीण सड़कहरूको निर्माणको लागि २३ करोड़ ३१ लाख रुपियाँ खर्च गरिनेछ अनि अजय नदीमा पुल पनि निर्माण गरिनेछ। आइतवार ममताले बोलपुरमा विश्व-बंगला विश्वविद्यालयको उद्घाटन पनि गरिन्। यस अवसरमा शिक्षामन्त्री ब्रात्य बासु पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement