सिक्किम प्रिमियर लिग: आक्रमण फूटबल क्लब विजयी

IMG-20230528-WA0320-5-300x172-3

गान्तोक: फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको तत्वावधानमा गत ३ फरवरीदेखि शुरू भएको सिक्किम प्रिमियर लिग दोस्रो सिजनको लिग चरणका म्याचहरु गान्तोकको पाल्जर स्टेडियम अनि नाम्चीस्थित भाइचुङ स्टेडियममा सम्पन्न भइरहेको छ।

यसै क्रममा आज राजधानीस्थित पाल्जर स्टेडियममा गत बर्षको च्याम्पियन टीम आक्रमण फुटबल क्लब अनि थन्डरबोल्ट नर्थ युनाइटेडकोबीच खेल सम्पन्न भयो।

खेलको पहिलो हाफमा कुनै पनि दलले गोल गर्न सफल भएनन्। दोस्रो हाफको खेलमा आक्रमण फुटबल कल्बका खेलाडी करण राईले २ गोल गरेर आफ्नो दलकोलागि जीत सुनिश्चित गर्न सफल बने। यसरी आजको खेलमा शुन्यको विरुद २ गोलले आक्रमण फुटबल क्लब विजयी बन्न सफल बन्यो।

आजको खेलमा बोझोघारीका समाज सेवी फुर्बा शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। यस प्रतियोगितामा आक्रमण फुटबल क्लबका खेलाडी केभिन शेर्पालाई सिक्किम सुपरिम इमर्जिङ खेलाडीको पुरस्कार प्रदान गरियो साथै यसै दलका खेलाडी करण राईलाई म्यान अफ द म्याच घोषित गरियो। पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथिको बाहुलीद्वारा पारितोषिक साथै चेक प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement