गान्तोक: हाम्रो संकल्प- विकसित भारत र पुष्पित सिक्किम कार्यक्रम अन्तर्गत आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राजभवन परिसरबाट साइकिलिङ एक्पिडिसनको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए। उक्त कार्यक्रम राजभवन सचिवालयद्वारा आयोजना गरिएको थियो। आफ्नो संक्षिप्त सम्बोधनको क्रममा राज्यपालले यस प्रकारको कार्यक्रमले केवल पर्यटनलाई मात्र प्रवर्द्धन नगरेर महत्त्वपूर्ण सामाजिक मुद्दाहरूलाई पनि सम्बोधन गर्न सक्ने बताउँदै, विकसित र समृद्ध भारतप्रति प्रतिबद्धता प्रदर्शन गर्ने जानकारी गराए। सहयोगी प्रयासहरूले महत्त्वपूर्ण सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न समर्पित प्रतिबद्धतालाई जोड दिन्छ, भारतको विकास र समृद्धिको लागि अटल समर्पण प्रदर्शन गर्दछ” उनले भने। साइकल एक्सिपिडिसनको नेतृत्व रानी लक्ष्मीवाइ पुरस्कारले सम्मानित कुमारी प्रिया र फिट इण्डिया ब्राण्डका राजदूत प्रदीप कुमारले गरेका थिए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य ‘महिनावारी स्वास्थ्य र स्वच्छता’ को बारे सचेत गराउनु रहेको थियो।








