मुख्यमन्त्रीद्वारा गान्तोकमा मल्टी लेवल कार पार्किङ र कमर्सियल कम्पलेक्सको उदघाटन

n5843034201708272713598ff2d8ac7d53615ae7d20cd8014d8c4ecf967db6b097021c45e8514f88fdb8085.jpg

वेस्ट पोइन्ट मलले ७ रेक्टरको  भूकम्प थाम्न सक्छः मुख्मयन्त्री  तामाङ

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीमा निर्मित मल्टीलेभल कार पार्किङ अनि व्यवसायिक कम्पलेक्सको एक कार्यक्रममाझ विधिवतरूपमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको साथमा उनकी धर्मपत्नी कृष्ण राई, मन्त्रीगण, मुख्य सचिव लगायत राज्यका छवटै जिल्लाका विभिन्न सारथी संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आजको कार्यक्रममाझ मुख्यमन्त्री तामाङको बाहुलीबाट राज्यका प्रायः जम्मै सारथी संघ संस्था अनि विशेष महिला सारथीहरूलाई सम्मान जनाइयो।

गान्तोक स्मार्ट सिटी अनि एक नीजि कम्पनीद्वारा राजधानीको मुटु मानिने एमजी मार्ग नजिक निर्मित वेस्ट पोइन्टको कार पार्किङ र कमर्सियल कम्पलेक्सको उद्घाटनले राज्यको चालकहरूलाई आर्थिक रुपमा धेरै फाइदा पुग्ने सम्भावना रहेको छ। यो १४ तल्ले भवन विभिन्न आधुनिक सुविधायुक्त रहेको छ। यो भवनको तुलनामा ४० प्रतिशत कम वजनको रहेको बताइएको छ। वाहन पार्क गर्नको निम्ति पनि आधुनिक सुविधाहरू ऱ्याकमा गाड़ी पार्क गरेर राख्नसक्ने व्यवस्थाहरू निर्माण गरिएको छ। यहाँ यात्रुहरूको असुविधालाई ध्यानमा राखेर रेस्टुरेन्ट, रेस्टरूम लगायत अन्य कुराहरूको पनि प्रबन्धन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आज सबै सिक्किमेली जनताको निम्ति ऐतिहासिक दिन रहेको बताए। वर्तमान सरकारको पहलमा सबै चालकवर्गको निम्ति सबै भन्दा राम्रो कार पार्किङ चालकहरूले प्राप्त गर्न सकेकोमा उनले सबै चालकहरूलाई बधाई दिँदै यसको सदुपयोग गर्नुपर्ने आग्रह गरे। छोटो समयमा यस पार्किङको निर्माण कार्य पूरा गरेकोमा उनले समवन्धित निकायलाई धन्यवाद पनि दिए।

यस मलको निर्माण कार्य शुरू भएदेखि नै यता विभिन्न प्रकारको आरोप आउने गरेको बताए। तर यो वेस्ट पोइन्ट पूर्व सरकारले नै टेण्डर गरेको पनि मुख्यमन्त्रीले दावी गरे। सिक्किम सरकारले सिक्किमको जमिन बिक्री नगरेको र केवल 26 वर्षको निम्ति लिजमा दिएको र मियाद पूरा भएपछि यो सबै सम्पति सिक्किम सरकारको अधिनस्थ हुने उनले किटान गरे।

यो भवनले ७ रेक्टरसम्मको भूकम्प थाम्न सक्ने यसको सम्पूर्ण डिजाइन खडकपूर आईआईटी र गुवाहाटी आईआईटीले गरेको उनले जानकारी गराए। आरिथाङका जनता यस भवनलाई लिएर चिन्ता नगर्न पनि उनले आग्रह गरे। यो भवन अन्य भवनको तुलनामा 40 प्रतिशत कम ओजन भएकोले गर्दा यसले यहाँका जनतालाई कुनै प्रकारको क्षति नपुग्ने उनले विश्वास दिलाए।

वर्तमान सरकारले चालकवर्गको हितमा धेरै काम गरिसकेको र आगामी दिनमा एसकेएम पार्टीको सरकार गठन भएमा अझ धेरै काम गरिदिने आश्वासन दिए। हालसम्म १२ जना चालकका छोराछोरीहरूले मणिपाल अस्पतालमा निःशुल्क मेडिकल पढन पाएको उनले अवगत गारए। मुख्यमन्त्री सुरक्षा कवच अन्तर्गत राज्यका चालकहरूलाई दसलाखसम्मको वीमा गरिने पनि उनले बचन दिए।

यसरी नै प्रत्येक वर्ष ३०० जना चालकहरूलाई घर बनाइदिने उनले जानकारी गराए। पूर्व सरकारले चालकहरूको निम्ति केही गर्नुपर्छ भन्नेबारेमा कहिले पनि नसोचेको तर एसकेएम पार्टीको सरकार गठन हुनसाथ चालक वेलफेयर बोर्ड गठन गरेको पनि अवगत गराए।

यसरी नै चालकहरूको समस्या र गुनासो सरकार समक्ष पुग्न सकोस् भन्ने उद्देश्यले उक्त संस्थाको गठन गरेको बताए। यसरी वर्तमान सरकारले चालकहरूलाई विभिन्न प्रकारले सुविधा उपलब्ध गराउने काममा सरकारले पहल गर्दै आइरहेको छ। आगामी २६-२८ फरवरीसम्म सम्पन्न हुने जनता भरोसा सम्मेलनमा चालकवर्गको निम्ति पनि विभिन्न सहुलियत वितरण गरिने उनले वचन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement