मुख्यमन्त्री तामाङले गरे राजधानीमा वेलनेस पार्क उद्घाटन

n58430342217082726040857725143039be8d1edd52569c4fd830b74b17c757da7394f9245b4c14e2a755cd.jpg

गान्तोक: राजधानीस्थित पुरानो एसटीएनएम अस्पताल परिसरमा निर्मित वेलनेस पार्कको उद्घाटन आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे। लगभग १४ करोडको लागतमा निर्माण गरिएको यस पार्कले विशेष गरेर गान्तोकवासीलाई धेरै फायदा पुग्न सक्ने मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा जानकारी गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले पहिला यस पार्कको शिलान्यास गर्दा गान्तोकवासी यहाँ पार्क निर्माण हुन्छ भन्ने कुरा विश्वास नगरेको बताए। तर सरकारले मनले गरेको काम हुनाले चार महिनाको छोटो अवधिमा यस कार्यलाई पूरा गरिएको अवगत गराए। वर्तमान सरकारको चुनौतीपूर्ण स्थितिमा पनि मुख्य कामहरू गरेर प्रमाणित गरेको जानकारी गराए।

एसकेएम पार्टी सरकारमा आउनसाथ सरकारले गान्तोकवासीले झेल्न परिरहेको विभिन्न प्रकारको समस्या समाधान गरेको मुख्यमन्त्रीले दावी गरे। विशेष गरेर गान्तोकवासीले झेल्न परेका केही समस्याहरू मध्ये विजुली आपूर्ति रहेको थियो, जुन सरकारले धेरै रूपियाँ खर्च गरेर उक्त समस्याबाट गान्तोकवासीलाई मुक्त गराएको अवगत गराए। मुख्यमन्त्रीले वेलनेस पार्कको उद्घाटन गरेपछि पार्कको निरीक्षण पनि गरे।

उनले सस्तो मूल्यमा गान्तोकवासीले यस पार्कको लाभ उठाउन सकोस् भन्ने ध्येयले प्रवेश शुल्क कम्ती गर्नुपर्ने सुझाउ दिए। आजको यस कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्री सञ्जीत खरेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement