गान्तोक: प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष पदमा निर्वाचित भएका वरिष्ठ पत्रकार भीम रावतलाई एसडीएफ पार्टीले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। यसका साथै नवनिर्वाचित कार्यकारीणी समितिका सम्पूर्ण पदाधिकारीगणमा पनि एसडीएफले बधाई अर्पण गरेको छ।
एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, लोकतन्त्रको रक्षाको निम्ति यहाँहरूको सबल नेतृत्वले सिक्किमेली पत्रकारिता जगतलाई नयाँ दिशा र मोड दिनेछ भन्ने हामीले विश्वास गरेका छौँ।
उल्लेखनीय छ, प्रेस क्लब अफ् सिक्किमको नयॉं कार्यकारी समिति गठनको निम्ति आज चुनाउ सम्पन्न भएको छ।








