गान्तोक: प्रेस क्लब अफ सिक्किमको नयाँ अध्यक्ष पदमा निर्वाचित बनेकोमा वरिष्ठ पत्रकार भीम राउतलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टी हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। भीम राउतले विगतमा पनि तीन कार्यकालका लागि अध्यक्ष पदमा रहेर कुशलतापूर्वक सिक्किमेली पत्रकारिता जगतको विकास र उन्नतिमा योगदान दिइसकेको एसकेएमले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
अध्यक्षसहित अन्य सबै निर्वाचित तथा निर्विरोध निर्वाचित नव कार्यकारिणी सदस्यहरूमा एसकेएम पार्टी हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको छ। नयाँ कार्यकारिणी समितिले प्रेस क्लब अफ् सिक्किम एवं सिक्किमेली पत्रकारिता जगतको अझ धेरै विकासको दिशामा काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै एसकेएम पुनः बधाई एवं शुभकामना व्यक्त गरेको छ।
उल्लेखनीय छ, प्रेस क्लब अफ् सिक्किमको नयॉं कार्यकारी समिति गठनको निम्ति आज चुनाउ सम्पन्न भएको छ।








