कम्युनिटी हल निर्माण लिएर विवाद शुरू

वीरपाडा: मदारीहाट खण्ड अन्तर्गत मुजनाई चियाबारीका आदिवासी समुदायको कम्युनिटी हल निर्माण लिएर विवाद शुरू भएको छ| मुजनाई चियाबारीमा ट्राइबल डेभलपमेन्ट अन्तर्गत अनुमोदन भएको आदिवासी समुदायहरूको कम्युनिटी हल अन्य ठाउँमा निर्माण कार्य शुरू गरेकोले आदिवासी समुदाहरू आक्रोशित बनेका छन्| स्थानीय आदिवासी समुदायहरूको भनाई अनुसार कम्युनिटी हलको निर्माण मुजनाई ५ नम्बर गाउँमा हुनुपर्ने अनुमोदन पश्चात पनि हाटखोलामा निर्माण कार्य शुरू गरिन्दैछ|
स्थानीय ट्राइबल अन्तर्गत पर्ने निवासीहरू अनि गैर ट्राइबल समुदायहरूमाझ लामो बहसपछि आदिवासी- ट्राइबल निवासीहरूले खण्ड विकास अधिकारीलाई लिखित ज्ञापन पत्र चढाएका छन्| तिनीहरूले ज्ञापन पत्रमा स्पष्ट रूपमा लेखेका छन् की उक्त कम्युनिटी हल ५ नम्बर गाउँको निम्ति भनेर अनुमोदन भएको थियो| गैर ट्राइबल अनि ठेकेदारहरूको जबर्जस्तीले गर्दा अन्य ठाउँमा निर्माण गर्ने प्रयास गरिन्दैछ| ती गैर ट्राइबल मानिसहरूले आदिवासी समुदायको विकास कार्यलाई रोक्न खोजेको आरोप लगाएका छन्| तिनीहरूले ज्ञापन पत्रमा उक्त कम्युनिटी हल मुजनाईको ५ नम्बर गाउँको कुनै भागमा निर्माण गर्ने तथा हाटखोला वा अन्य कुनै ठाउँहरूमा निर्माण न गरिदिने विन्ती चढाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement