गोरामुमो लप्चु पेशोक समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20240218-WA0215.jpg

दार्जीलिङ: गोरामुमो लप्चु पेशोक समष्टिको शाखा प्रतिनिधिहरुलाई लिएर लप्चु पेशोक समष्टि अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा सम्पन्न भयो। सचिव तेन्जिङ भोटियाले सञ्चालन गरेको सभामा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको प्रमुख उपस्थितिमा सह सचिव बुद्ध यल्मो, ब्राञ्च कोषाध्यक्ष हेम सांरग प्रधान, सदर एक समष्टि अध्यक्ष पूरण राई, उपाध्यक्ष रवि छेत्री, गोरानासं केन्द्रीय सदस्या मनिकला तामाङ, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवाल, सचिव संजय खवास, केन्द्रीय कार्यालय सचिव अमर तामाङ, ब्राञ्च कमिटी सदस्य उर्गेन लामा लगायत समष्टिका भ्रातृ संगठनको सम्पुटूर्ण प्रतिनिधिवर्ग एवं गोरामुमो कार्यकर्ताहरुको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। सभापछि आफ्नो विज्ञप्ति जारी गर्दै समष्टि सचिव तेन्जिङ भोटियाले भने, गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनलाई शिरोपर गर्दै आजको सभामा समष्टिलाई बलियो बनाउन सभामा व्यापक छलफल गरियो। सभामा ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाद्वारा समष्टिलाई बलियो बनाउनको निम्ति शाखा प्रशाखाहरु बलियो बनाउनु पर्ने साथै शाखाहरु पुनः गठन लगायत थप प्रतिनिधिवर्गलाई चयन गर्नु पर्ने सुझाव दिएका थिए।

यसै क्रममा नारी संगठनलाई समष्टिमा अघि बढाउनको निम्ति केन्द्रीय समिति सदस्या मणिकला तामाङले आफ्नो सुझाव दिन्दै नारी संगठन पार्टीको निम्ति ठूलो टेवा हो र अब ब्राञ्च कमिटी अन्तर्गत सम्पूर्ण समष्टिका नारीहरु अब जाति हितमा खडा हुन पर्ने आफ्नो सुझाव राखे। युवाहरु अब अघि आउनुपर्छ गोरामुमोको नेतृत्व युवावर्गले गरिरहेका छन्। अध्यक्ष मन घिसिङले आफ्नो भूमिका निभाइरहेका छन्। अब हामी गोरायुमो दह्रिलो भएर उभिनुपर्छ आफ्नो संगठनलाई बलियो बनाउनको निम्ति अघि आउनुपर्छ भनी सुरज कटुवलले सभामा जनाएका छन्। यसकारण अब चाढै नै समष्टिका शाखाहरुमा हाम्रो सांगठनिक विस्तारलाई अगि बढाउनेछौं भनी तेन्जिङ भोटियाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement