गोर्खा राष्ट्रिय युवा मोर्चाको सांगठनिक सभा सम्पन्न

IMG-20240218-WA0213.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई अघि बढ़ाउँदै दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा आफ्नो सभाहरुको आयोजना गरिरहेका छन्। यसै क्रममा कालेबुङ २३ नम्बर समष्टिमा गोरायुमोले आफ्नो सांगठनिक सभाको आयोजना गरेको छ। उक्त सभामा गोरायुमो केन्द्रीय समिति कोअर्डिनेटर संजोक गुरुङ, गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्री, सचिव सन्तोष सुब्बा, गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ लगायत २३ नम्बर समष्टि अनि २४ नम्बर समष्टिका प्रतिनिधिवर्ग अनि गोरायुमो कार्यकर्ताहरुको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। यसै क्रममा गोरायुमो २४ नम्बर समष्टिलाई विघटन गरि नयाँ समष्टि पुनः गठन गरेको बुद्ध तामाङले जानकारी गराउदै भने, २४ नम्बर समष्टि पुनःगठन गर्नुको मुख्य उद्देश्य भनेको समष्टिलाई बलियो बनाउनको निम्ति हो।

समष्टि कमिटी अन्तर्गत सम्पूर्ण ग्राम पञ्चायतका युवाहरुलाई समेटेर समष्टि कमिटी गठन गरेका छौं। अध्यक्ष, सचिव लगायत सम्पूर्ण कार्यकारिणी सदस्यहरु पनि चयन गर्दै अबउसो समष्टि स्तरीय, ग्राम पञ्चायत स्तरीय पार्टीको कार्यक्रमहरुलाई समष्टि कमिटीले आयोजना गर्ने साथै अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउन हेतु लागि पर्ने बुद्ध तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement