दार्जीलिङ: घूम जोरबगला समष्टि अन्तर्गत खासमल बस्ती नम्बर ४ मा नयाँ शेर्पा सामुदायिक भवनको उद्घाटन सभासद प्रमोष्कर ब्लोनको बाहुलीबाट सम्पन्न गरियो। चुनावको समयमा दिएको वचन पूरा गर्न पाउँदा आफू हर्षित भएको साथै यसको निम्ति जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। सभासद ब्लोनलाई शेर्पा समूदायको तर्फबाट सम्बर्ध्दना पनि प्रदान गरिएको छ। सभासद ब्लोनले कर्ममा विश्वास गर्ने समूहलाई जनताले साथ दिने क्षेत्रवासीलाई आह्वान् गरे।

हर्षोल्लासको साथ सम्पन्न आजको समारोहमा दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी, वार्ड पार्षद दोर्जी डुकपा, पञ्चायत समिति सदस्य अन्जु लामा, उप प्रधान दुवै फुर्वा डिक्की, साजन तामाङ, सदस्य नरबु तामाङ साथै समष्टिका अन्य पदाधिकारीहरु उपस्थित थिए।









