टिस्टा: टिस्टामा टिस्टा आपदालाई लिएर एउटा बैठक बसेको छ। बैठकमा क्षतिपूर्ति मूल्यांकन समिति, टिस्टा ग्राम पञ्चायत टोली, सभासद शिनोरा नाम्चु, नोर्देन शेर्पा, विशाल राई, सन्तोष प्रधान, पीढीत परिवारका सदस्यहरू उपस्थित रहेका थिए। विशाल राईले जानकारी दिए अनुसार टिस्टा बजारमा १९ घरहरूको सर्वेक्षण अनि मूल्यांकन गरियो। मूल्यांकन समितिमा एक्सपर्टहरु पनि रहेको उनले बताए। बैठकमा सर्वसहमतिले यो निर्णय लिइयो कि १८ घरले पर्खेर भए पनि एनएचपीसीको क्षतिपूर्ति नै थाप्ने भयो अनि ५ घरले आफ्नै जमीनमा घर बनाउने भयो। टिस्टा आपदाको पुनर्स्थापना कार्यको नेतृत्व दिँदै गरेका सभासद नोर्देन शेर्पाले जानकारी दिए अनुसार कालेबुङ ब्लक १(१०१) अनि लाभा ब्लक (३७) मिलाएर जम्मा १३८ जना पीडित परिवारहरूलाई पुनर्स्थापना गरिनु पर्ने सर्वे समितिले रिपोर्ट दिएका छन्। उनले बताए अनुसार राज्य सरकारको नीति अनि नियम अनुसार पीडितहरूले क्षतिपूर्ति रूपियाँ ७५ हजार पाएका छन्। तर जीटीए चिफ् अनित थापाले यति पैसाले केही पनि हुँदैन भनेर पीढीत पक्षको निम्ति केही अधिक नै गर्न चाहे। त्यसैले पीडितहरुलाई पुनर्स्थापना गर्न सरकारी जमीनमा घर निर्माण गर्ने निर्णय अनि निर्देश दिएका छन्। त्यसै अनुरूप अहिले जमीन चिन्हित हुने कार्य पूरा भएको छ। त्यो जमीनलाई अब राज्य सरकारले जीटीएलाई हस्तान्तरण गर्नुपर्छ। जब जमीन हस्तान्तरण हुनेछ तबदेखि घर निर्माणको कार्य सुरु हुनेछ। जुन पीडितहरुको आफ्नो जमीन छ या कसैले जमीन दान दिएका छन् उनीहरूको घर बनाउन सुरु गर्यौ।

पीढीत पक्षमा भूल बुझाबुझ भएको जनाउँदै नोर्देन शेर्पाले भने कि उनीहरू सरकारको क्षतिपूर्तिको रकम ७५ हजार, जीटीएले बनाइदिने घर अनि कम्पनीले दिने क्षतिपूर्तिको रकम पनि दिलाई दिने मांग गरे। तर हामीले सरकारी क्षतिपूर्तिबाहेक कि त घर या कम्पनीको क्षतिपूर्ति दिने पक्षमा छौं। त्यसैले आपदा समितिको परामर्श अनुसार घर चाहनेलाई घर अनि कम्पनीको तर्फबाट क्षतिपूर्ति चाहनेलाई क्षतिपूर्ति दिलाउनेछौ। क्षतिपूर्तिको मूल्य निर्धारण गर्न एउटा टिमले काम गरिरहेको छ।








