लङ्कापाडा चियाबारीमा विश्व मानव तस्करी रोधी दिवस पालन

वीरपाडा: लङ्कापाडा चियाबारीस्थित लङ्कापाडा ग्राम पञ्चायत कार्यालयमा आज विश्व मानव तस्करी रोधी दिवस पालन गरियो| आज लङ्कापाडा ग्राम पञ्चायत अनि सिनी एनजीओको संयुक्त आयोजनामा विश्व मानव तस्करी रोधी दिवस पालन गरियो| देश- राज्यमा मानव तस्करीको घटना वर्तमानमा पनि त्यतिकै चलिरहेको छ| विशेष गरि बाल-बालिकालाई फकाई फुलाई अन्य राज्यहरूमा काम गर्नको निम्ति किन बेच गर्ने असामाजिक क्रियाकलापलाई विरोध जनाउँदै आज कार्यक्रमको आयोजना गरियो|
कार्यक्रममा मदारीहाट खण्ड विकास अधिकारी शेरोन तामाङ, लङ्कापाडा ग्राम पञ्चायतका उपप्रधान विनेश राई, सिनी एनजीओको रोमा थापा, सशस्त्र सिमा बलका प्रभारी नरेन्द्र सिंह, लङ्कापाडा एसआई बिराट थापा, आइसीडीएस वर्कर मधुमाया तामाङ, मुनी तामाङ आदिको विशेष उपस्थिति रहेको थियो| उक्त कार्यक्रममा स्थानीय साथै लङ्कापाडा उच्च माध्यमिक विद्यालयका छात्रहरू पनि उपस्थित रहेको थियो| खण्ड विकास अधिकारी शेरोन तामाङले उपस्थित विद्यार्थीहरूलाई मानव तस्करी अनि यो कसरी हुन्छ भन्ने विषयमा वक्तव्य राखिन| तिनले मानव तस्करीलाई कसरी रोक्न वा नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पनि वक्तव्य राखिन्| उपस्थित सबै अतिथिहरूले मानव तस्करीबाट जोगिन अनि यसलाई रोक्ने विषयमा सबै एक हुनुपर्छ पर्छ भनी विचारहरू राखे|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement