चिमनी देवरालीको सिमानाटारमा कृषकहरूलाई मकैको बिजन वितरण

IMG-20240218-WA0186.jpg

खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देवराली समष्टी अन्तर्गत सिमानाटारमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु अनुप तामाङ, संगीता गुरुमा साथै अन्य प्रतिनिधिहरुद्वारा मकैकाे विजन वितरण गरियो। पञ्चायत समिति सदस्य दिनेश तामाङद्वारा उपलब्ध गराइएको मकैकाे विजन समष्टिकाे विभिन्न क्षेत्रमा वितरण भईरहेको छ। यस क्रममा चित्रे क्षेत्रमा क्षेत्र प्रतिनिधि रुपेश देवान र अन्य द्वारा वितरण गरियो भने चिम्नीमा पनि दिनेश लामा र अन्य प्रतिनिधिद्वारा मकैकाे विजन वितरण गरियो। यसको साथै खुन्द्रुके क्षेत्रमा पनि वितरण गरिएको छ।

यसरी नै विभिन्न विजन बिरुवाहरु उपलब्ध गराएकोमा समिति सदस्य साथै कृषि विभागका कर्माध्यक्ष दिनेश तामाङप्रति सबै कृषकहरु र क्षेत्रवासीले आभार प्रक्ट गरेका छन्। पञ्चायत समिति सदस्य दिनेश तामाङले विगतमा पनि विभागबाट बाख्राकाे पाठाहरु यस क्षेत्रमा वितरण गरेका थिए भने भविष्यमा पनि यस्तो धेरै सरकारी सहुलियतहरू खोजेर क्षेत्रवासीलाई उपलब्ध गराउने पञ्चायत समिति सदस्य दिनेश तामाङले जानकारी गराएका छन्। यसको साथै जनताको लागि सदैव सहयोग र मार्गदर्शन गर्ने सभासद श्याम शेर्पाप्रति पनि उनले आभार प्रक्ट गरेका छन्।

उनले थप जानकारी गराए कि ईमान्दारी र मेहनत गरे कृषि क्षेत्रबाट पनि राम्रो आय स्रोत रहेको र जिविका चलाउनु सक्ने बताएका छन्। भविष्यमा माछा, कुखुराको चल्ला, बाख्राकाे पाठा सुंगुरकाे बच्चाहरु पनि बाढ्ने योजना रहेको छ भनी जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement