सन्देशखाली मामिला:  तिललाई ताड़ बनाइँदैछ: ममता

18_02_2024-mamata_benerjee_23655692.jpeg

बीरभूम: बीरभूम जिल्लाको सिउड़ीमा आइतवार आयोजित एक प्रशासनिक सभामा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले सन्देशखाली मामिलामा भनिन्, तिललाई ताड़ बनाइँदैछ। उनले सन्देशखालीको घटनाको सन्दर्भमा भनिन्, यहाँ एउटा घटना घटाइएको छ।

पहिला ईडीलाई पठाइयो। त्यसपछि उसको मित्र भाजपा क्षेत्रमा प्रवेश गऱ्यो। साथमा केही मिडियाका मानिसहरू पनि क्षेत्रमा प्रवेश गरे अनि तिललाई ताड़ बनाइयो। शान्तिको सट्टा डढ़ेलो लगाइँदैछ।

सन्देशखालीका मानिसहरूलाई आश्वस्त पार्दै मुख्यमन्त्री ब्यनर्जीले भनिन्, म मान्छे पठाउँछु जसले त्यहाँका मानिसहरूको आरोपलाई सुन्नेछन्। यदि कसैले पनि कसैबाट केही लिएको छ भने ती सबै कुरा फर्काइनेछ।

ममता ब्यनर्जीले अझ भनिन्, अहिलेसम्म कुनै पनि महिलाले सिकायत दर्ता गराएकी छैनन्। मैले पुलिसलाई सुओ मोटो मुद्दा दर्ता गराउन लगाएको छु। हाम्रो ब्लक अध्यक्षलाई पक्राउ गरिसकिएको छ। यहाँसम्म कि भांगड़का हाम्रा कार्यकर्ता आराबुलालाई पनि पक्राउ गरिएको छ। म पनि गद्दारहरूलाई पक्राउ गर्न सक्छु। तर हाल मैले तिनीहरूलाई केही छुट दिएकी छु। शुक्रवार सम्पन्न प्रशासनिक सभाबाट ममता ब्यनर्जीले किसान आन्दोलनलाई पनि फेरि समर्थन गर्दै आन्दोलन गरिरहेका किसानहरूलाई सलाम गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement